अख्तियार प्रमुख राई इजिप्ट जाँदै

भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्षराष्ट्रहरुको नवौं सम्मेलन–२०२१ मा सहभागी हुन अख्तियार प्रमुख विदेश भ्रमणमा जाँदै छन् ।

Advertisement 1

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसँगै अख्तियारका सचिव तोयम राया पनि सम्मेलनमा सहभागी हुन शुक्रवार दिउँसो त्यसतर्फ प्रस्थान गर्न लागेको आयोगका प्रवक्ता (सह सचिव) नारायण प्रसाद रिसालले जानकारी दिए ।

सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री कार्यालयका सचिव धनराज ज्ञवाली र सह–सचिव कोशलचन्द्र सुवेदी पनि इजिप्ट जाँदै छन् । सो सम्मेलनमा इजिप्टका लागी नेपाली कार्यबाहक राजदूत पनि सहभागी हुनेछन् ।

प्रकाशित :२०७८ मंसिर २४, शुक्रबार १२:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम