४७ कर्मचारी माग्दा ११८७ को आवेदन,लिखित परीक्षामा पास भए यी ८५ (नतिजासहित)
प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले साहायकस्तर पाँचौ तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । कृषि सेवातर्फको पशु सेवा प्राविधिक पदका लागि गत असोज १५ गते लिएको लिखित परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । आयोगका अनुसार खुलातर्फ १८ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित ५७२ जनामध्येबाट अन्तर्वार्ताका लागि ४७ जना छनौंट भएका छन् ।
Advertisement 1
यस्तै आयोगले कृषि भेटनरीतर्फको सहायकस्तर पाँचौं तहको लिखित परीक्षाको नतिजा पनि सार्वजनिक गरेको छ । आयोगले गत असोज १३ गते लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । २९ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित ६१५ जनामध्येबाट अन्तर्वार्ताका लागि छनौंट भएका ३८ जनाको नामावली आयोगले प्रकाशन गरेको हो ।
सहायकस्तर पाँचौ तहका यी दुई विज्ञापनका लागि ४७ जनाका लागि विज्ञापन गरिँदा ११८७ जना लिखित परीक्षामा सम्मिलित भएकामध्ये ८५ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् ।
Advertisement 2
Vet-5th-Result