बढुवा,मनोनयनदेखि निर्वाचनको मिति तोक्नेसम्म :- यी हुन मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु

बिहिबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएको छ । हिजो सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारीको बढुवा,नियुक्ति, निर्वाचनको मिति घोषणा गर्ने लगायतको निर्णय गरेको छ ।

Advertisement 1

सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दिनुभएको जानकारी अनुसार क्याविनेटले नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औं तहमा डा श्यामसुन्दर यादव, भिमसिंह तिङ्करी र डा गुणराज लोहनीलाई बढुवा गर्ने निर्णय गरेको छ ।
यस्तै,नायव महालेखा परीक्षकमा बाबुराम सुवेदी, सहमहालेखा नियन्त्रकमा उमाकान्त आचार्य र नेपाल चार्टर एकाउन्टेन्टस् संस्थाको पार्षदमा बैकुण्ठबहादुर अधिकारीलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।
आगामी माघ १२ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने निर्णय भएको छ । आगामी फागुन २१ गते राष्ट्रियसभाका २० जना सदस्यको कार्यकाल सकिँदैछ । ती मध्ये १९ जना निर्वाचित भएर आउनेछन् । एकजनालाई राष्ट्रपतिले मनोनित गर्नेछिन ।
यस्तै सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको पक्ष राष्ट्रहरुको इजिप्टमा हुने नवौं सम्मेलनमा भाग लिन अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई पठाउने,एसियन –अफ्रिकन लिगल कन्सलटेटिभ अर्गानाईजेशनको ५९ औं वार्षिक सभामा भाग लिन कानून, न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु नेतृत्वको प्रतिनिधिमण्डललाई पठाउने र दक्षिण कोरियामा हुने यूएन पिस किपिङ मिनिष्ट्रियल मिटिङमा भाग लिन रक्षामन्त्री डा मिनेन्द्रप्रसाद रिजाल नेतृत्वको प्रतिनिधिमण्डललाईपठाउने प्रस्ताव पनि स्वीकृत गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।
यस्तै क्याविनेटले मोरक्कोमा हुने इन्टरनेशनल एक्जुक्यूटिभ काउन्सिल अफ आईईसी सम्मेलनमा सिंचाई सचिव सागरकुमार राईलाई सहभागी हुन स्विकृति दिएको छ ।
एशीयाली विकास बैंकबाट प्राप्त हुने थप सहुलियतपूर्ण ऋण सहायता अमेरिकी डलर ६० मिलियन स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित :२०७८ मंसिर ३, शुक्रबार १८:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry