वाइडवडी प्रकरणमा पूर्वमन्त्री, पूर्वसचिव र बहालवालासहसचिवसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री पूर्वसचिव र बहालवाला सहसचिवसहित ३२ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको छ । आयोगले २४ जना नेपाली र आठ जना विदेशी गरेर ३२ जनालाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
Advertisement 1
वाइडवडी प्रकरणमा एक अर्ब ४७ अर्ब १० लाख ८५ हजार ४८२ रुपैयाँ गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।
उनका अनुसार तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाही, तत्कालीन महाप्रबन्धक तथा सन्चालक समिति सदस्य सुगतरत्न कंसकार, तत्कालीन पर्यटन सचिव तथा सन्चालक समिति सदस्य शंकरप्रसाद अधिकारी, पूर्व सचिव एवम भन्सार विभागका तत्कालिन महानिर्देशक तथा सञ्चालक समिति सदस्य शिशिरकुमार ढुंगाना, पर्यटन मन्त्रालयका सहसचिव तथा सञ्चालक समिति सदस्य बुद्धिसागर लामिछाने, सञ्चालक समिति सदस्य टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पान्डे पनि प्रतिवादी रहेका छन् ।
Advertisement 2
त्यस्तै, नेपाल वायु सेवा निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन, तत्कालीन कामु निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन कामु निर्देशक र हालका निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक तथा हालका निर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारस पौडेल, तत्कालीन निमित्त उपनिर्देशक तथा हालका निर्देशक उमेश पौडेल र तत्कालीन उपनिर्देशक र हाल उपनिर्देशक बृहतमान तुलाधारलाई पनि प्रतिवादी बनाइएको छ ।
सम्पत्ति शुद्धीकरण विभागका तत्कालीन महानिर्देशक तथा सञ्चालक समिति सदस्य जीवनप्रकाश सिटौला, तत्कालीन सन्चालक समिति सदस्य तथा हाल नागरिक उड्डयन प्राधिकरणका सन्चालक समिति सदस्य रहेका अच्युतराज पहाडी, नेपाल बायु सेवा निगमका तत्कालीन कामु निर्देशक रामहरी शर्मा सेढाई, तत्कालीन कामु निर्देशक तथा हाल नायब महाप्रबन्धक रहेका जनकराज कालाखेती र तत्कालीन उपनिर्देशक प्रभासकुमार कर्माचार्य, तत्कालीन निर्देशक गणेशबहादुर चन्द, तत्कालीन कामु निर्देशक कर्णबहादुर थापा र तत्कालीन निमित्त निर्देशक तथा हाल वरिष्ठ क्याप्टेन रहेका सुबास रिजाललाई पनि प्रतिवादी बनाइएको छ ।
Advertisement 3
विदेशी तर्फ विमान आपूर्तिकर्ता तथा प्रस्तावदाता कम्पनीमध्ये इन्टरनेसनल सप्लाई चेन, एएआर कर्प इन्क यूएसएका प्रेसिडेन्ट बेलायती नागरिक दीपक शर्मा, हिफ्ली एक्स आयरल्यान्ड लिमिटेडका डाइरेक्टर तथा जर्मन एभियसन क्यापिटल जर्मनीरसिंगापुरका प्रतिनिधि जर्मन नागरिक क्रिस्टियन नुएलेन र जर्मन एभियसन क्यापिटल जर्मनीका फाइनान्स डाइरेक्टर ओलेग कालिस्त्रुलाई पनि प्रतिवादी बनाइएको छ।
यस्तै एएआर इन्टरनेसनल इन्क यूएसए र उक्त कम्पनीका प्रेसिडेन्ट तथा सीईओ जोन एम होल्म्स, जर्मन एभियसन क्यापिटल जिएमबीएम जर्मनी र त्यसका म्यानेजिङ डाइरेक्टर अना तोपा, हाईफ्लाई ट्रान्सपोर्ट एरियस एसए पोर्चुगल र त्यसका प्रेसिडेन्ट पाओलो मिरपुरी, हाई फ्लाई एक्स आयरल्यान्ड लिमिटेड आयरल्यान्ड र त्यसका डाइरेक्टर जेराल्ड थर्नटर्न तथा नर्टन रोज फुलब्राइट एलएलपी जर्मनी र त्यस कम्पनीका मार्कस राडब्रुच र राल्फ स्प्रिंगरलाई प्रतिवादी बनाइएको छ।