सात लाख बयासी हजार सहित प्रधानाध्यापक अख्तियारको फन्दामा
अनिरुद्र पब्लिक माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक अख्तियारको फन्दामा परेका छन् ।
Advertisement 1
विद्यालय निर्माणमा खर्च नगरी सात लाख ८२ हजार ६५१ रुपौंया हिनामिना गरेपछि तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणी त्रिपाठी र लेखापाल असर्फि यादव फन्दामा परेका हुन् । उनीहरुले विज्ञान प्रयोगशालाको लागि विद्यालयमा प्राप्त रकमबाट कुनै काम नगरी फर्जी बिल बनाई हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
उनीहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको देखिन आएकोले उक्त कसुरमा संलग्न प्रधानाध्यापक देवेन्द्रमणी त्रिपाठी र तत्कालीन लेखापाल असर्फि यादवसमेतलाई ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सात लाख बयासी हजार छ सय एकाउन्न रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
Advertisement 2