उपत्यकामा कम्तिमा तीन साता कडा लकडाउन सिफारिश

luckdown


कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोरोना रोकथाम तथा नियन्त्रणका लागि कम्तिमा तीन साता लकडाउन गर्ने काठमाडौं उपत्यकाभित्र महानगर तथा नगरपालिकाका मेयरहरुको संगठन मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सरकारलाई सुझाव दिएको छ ।
एक साता अघि बसेको उपत्यका मेयर फोरम र कोभिड १९ व्यवस्थापन सञ्चालन केन्द्रको बैठकमा उपत्यकामा कडा लकडाउन गर्न माग गरिएको हो ।

Advertisement 1

सो बैठकमा १४ जना मेयरहरूको उपस्थिति थियो, चार जनाले कडा लकडाउनको माग गरेका थिए । लकडाउन गरिएन भने उपत्यकाको अवस्था झन् भयावह बन्ने उपत्याकाको मेयरहरुको ठहर छ । मेयर फोरमले उपत्यकामा शंकास्पद सबैको स्वाब परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङ्ग गरी महामारी नियन्त्रण गर्नका लागि कम्तिमा दुई र बढीमा तीन साताको लकडाउन गर्नुपर्ने औल्याएको छ । उपत्यकामा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ । शनिवार उपत्यकामा ८ सय ९९ जना कोरोना सङ्क्रमित थपिएसँगै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख १ हजार ७ सय ७१ पुगेको हो ।
कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै आजैदेखि काठमाडौं महानगरपालिकाले निशुल्क कोरोना परीक्षण शुरु गर्ने भएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निःशुल्क पीसीआर परीक्षणका लागि सरकारी मापदण्डमा परेकाहरुको स्वाब संकलन गर्न कार्य सुचारु भएको छ । यस्का अलवा काठमाडौं महानगरले कन्ट्याक ट्रेसिङमा परेका लक्षण भएकाहरु र अशक्त तथा जेष्ठ नागरिकहरुको स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी समेत गर्दैछ ।

प्रकाशित :२०७७ मंसिर ७, आईतवार १३:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry