बर्षदिनको अन्तरालमा खानेतेलको मूल्य दोब्बरले बृद्धि :-किन निरिह भयो सरकारी संयन्त्र ?

कोरोना कहर र लकडाउनको समयमा खाने तेलमा कालोबजारी भैरहेको छ । लकडाउन र कोरोना कहर भएको मौका छोपी व्यवसायीहरुले खाने तेलको मूल्य पछिल्लो एक बर्षमा झण्डै दोब्बर भन्दा बढीले बृद्धि गरेका छन् र उपभोक्ता दोहोरा मारमा परेका छन् । जस्तो पछिल्लो एक बर्षको अवधिमा मात्र सूर्यमुखी तेलको मूल्य झण्डै ६५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
गत वैशाखमा सामान्य सूर्यमुखी तेल लिटरको एक सय ५० देखि एक सय ७० रूपैयाँसम्म थियो। त्यो बढ्दै दसैं तिहारसम्म पुग्दा लिटरको दुई सय रूपैयाँ पुग्यो। मंसिरमा लिटरको दुई सय नै रहेको सूर्यमुखी तेलको मूल्य अहिले तीन सय हाराहारीमा खरिद बिक्री भइरहेको छ । खुद्रा व्यापारीहरुका अनुसार केएल दुगड समुहले उत्पादन गरेको धारा हेल्थ सनफ्लावर तेलमा प्रतिलिटर तीन सय रुपैयाँ पुर्याइएको छ । अमृत सोयाबिन तेल र धारा तोरीको तेलको मूल्य पनि रुपैयाँसम्म बढाईएको छ ।
Advertisement 1
केएल दूगड समूहले खाने तेलमा कालोबजारी गरिरहेको छ । यस अघि समेत भारतले नाकाबन्दी लगाएको समयमा दूगडको खाने तेलमा कालोबजारी गरेको थियो । अहिले कोरोना कहरकै समयमा समेत उस्ले पूरानै रबैया देखाएको छ । यस अघि भारतले अघोषित नाकाबन्दीको बेलाको फाइदा उठाउँदै केएल दुगड ग्रुपले खाने तेलमा कालोबजारी गरेको भन्दै यसको जडिबुटीस्थित गोदाममा छापा मार्नुका साथै उद्योगका प्रवन्धकलाई पक्राउ गरेको छ ।खानेतेलमा कालोबजारी गरिएको भेटिए पछि तत्कालीन सिडिओ एकनारायण अर्यालले एक्सन लिएसँगै पाँच ट्रक खानेतेल, प्रवन्धक अमन जैन र कर्मचारी प्रमोद अधिकारीलाई पक्राउ गरेको थियो । यस्तै ग्रुपका अध्यक्ष किशन दुगड, प्रवन्ध निर्देशकहरु कुमुद दुगड र विकास दुगड पक्राउ गर्न पक्राउ पुर्जी काटिएको थियो । उद्योगका साथै संलग्न सबैलाई कालोबजारी ऐन अनुसार कारवाही अगाडि बढाइएको थियो । त्यो समयमा दूगड ग्रुपद्धारा उत्पादित तेलको मूल्इ एकै चोटी दोब्बर बनाइएको थियो । सनफ्लोर तेलको प्रतिलिटर मूल्य झण्डै तीयसय रुपियाँ पुर्याइएको छ । अहिले कोरोना कहरमा एकै पटक खानेतेलको मूल्य बढाएर उपभोक्ताको ढाड सेक्दै छ । दूगडद्धारा उत्पादित खाने तेलको मूल्य पछिल्लो एक बर्षमा मात्र झण्डै दोब्बरले बढाइएको छ ।
मोतिलाल दुगरको स्वामित्व रहेको के एल दुगर समुहले उत्पादन गरेको धारा, सनफ्लावर लगायत तेलको गुणस्तरियतामाथि समेत पटक पटक प्रश्न उठ्ने गरेको छ । खानेतेलमा उपभोक्तामाथि चरम ठगी गर्दै आएका दुगर सनराईज बैंकका समेत अध्यक्ष हुन् ।
Advertisement 2
उस्तै हालत छ भदमासको तेलमा पनि ।अघिल्लो बर्षको यही महिनाको तुलनामा यो बर्ष भटमासको तेल लिटरमा एक सय भन्दा बढीले मूल्य बृद्धि भएको छ ।
यसरी खानेतेलको मूल्य बर्ष दिनको अन्तरालमा दोब्बरले बढाइँदा उपभोक्तावादीहरु चुप छन् । सरकारी संयन्त्र कुनै एक्सन चाल्दैन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग,काठमाडौं जिल्ला प्रशासनदेखि, प्रहरीजस्ता निकायसमेत मौन रहँदा खानेतेलमा कालोबजारी गर्दै आएका व्यापारीहरुको मनोवल बढ्ने नै भयो ।