समोसामा कीरा भेटिएपछि २० हजार रुपैयाँ जरिवाना

काठमाडौं। ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले २० हजार रुपैयाँ जरिवाना गरेको छ।
Advertisement 1
लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा मंगबालर गरिएको बजार अनुगमनका क्रममा उक्त होटलका समोसामा कीरा फेला परेपछि जारिवाना गरिएको हो। उपप्रमुख महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलुु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चसहितको संयुक्त टोलीले अनुगमन गरेको हो।
अनुगमन टोलीले कृष्णा सप्लायर्समा पनि लाखौँ मूल्य बराबरका म्याद गुज्रिएको पेयपदार्थ फेला पारेको छ भने ऋषिजल पानी कम्पनीले ‘मिनरल वाटर’को मूल्य बढी राखेर उपभोक्तालाई बिक्री गर्ने गरेको फेला पारेको छ। कृष्णा सप्लायर्सलाई तीन दिनभित्र म्याद गुज्रिएका १ लाख २५ हजार ६८० रुपैयाँ बराबरका कोक, स्प्राइट र बियरसहितका पेयपदार्थ नष्ट गर्न समय दिइएको पनि अनुगमन टोलीले जानकारी दिएको छ।
Advertisement 2
त्यस्तै ऋषिजल पानी कम्पनीलाई स्पष्टीकरण सोधेको छ। संविधानको अनुसूची ६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय बजार अनुमगन र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिएको छ।


 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                