मेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका पूर्वप्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
Advertisement 1
वडा नम्बर ८ को बिसरभोरा नहरदेखि गोठ कोयलपुरसम्म कृषि सडक निर्माणका क्रममा फिल्डमा भएको कामभन्दा बढी राखेर नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार परी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको अख्तियारको दाबी छ ।
अख्तियारले पूर्वप्रमुख उदयकुमार बरबरिया यादव, उपप्रमुख शिलादेवी कापरी, तत्कालीन लेखा समितिका संयोजक जैसिलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखियाविरुद्ध मुद्दा दायर गरेको छ ।नगर प्रमुख यादव र उपप्रमुख कापरी नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका थिए । यो पटक भने दुवैजना पराजित भएका थिए ।
Advertisement 2
यस्तै प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, इन्जिनियर सञ्जय यादव, वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुसियत र योजना शाखा प्रमुख विन्देश्वर यादव, तत्कालीन आर्थिक प्रशासन प्रमुख नन्दकुमार झा र उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमार र सचिव मुकेश लखनदे यादवविरुद्ध मुद्दा दायर भएको छ । भ्रष्टाचार मुद्दा लाग्नेमा सहिदनगर नगरपालिकाका तत्कालीन लेखा अधिकृत नन्दकुमार झा पनि हुन् । उनी अहिले जनकपुरधाम उपमहानगरपालिकामा लेखा अधिकृत नै छन् । विशेष अदालतमा मुद्दा दायर भएकाले उनी निलम्बनमा छन् ।