एक सहसचिव जो पाँच पटकसम्म वरिष्ठताको वरीयताक्रममा सिफारिस भए पनि बढुवा भएनन्
सचिव वढूवा सिफारिस समितिले तीन जना बरिष्ठ सह सचिवको नाम सिफारिस गरेको छ । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सहसचिवहरु गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सिफारिस गरेको छ । सिफारिस भएकामध्येबाट एक जना सचिव बढुवा हुनेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी गएको असोज २२ मा अवकाश भएकाले एक पद रिक्त भएको थियो । २ सचिव रिक्त भएकोमा काठमाडौं महानगरपालिकामा विशिष्ट श्रेणीको दरबन्दी कटौती भएकाले एक मात्र पदमा बढुवा हुँदैछ
Advertisement 1
प्रशासनतर्फको सचिवका लागि बरिष्ठताका आधारमा गोकर्णमणि दुवाडी यसअघि पाँच पटक सिफारिसमा परे पनि उनको बढुवा हुन सकेको थिएन । दुवाडीको नाम सिफारिस समितिले यस अघि पटक पटक गरी पाँच पटक सिफारिस गरे पनि उनि भन्दा कनिष्ठहरु सचिव बनिसकेका छन् ।
वीर बहादुर राई, विष्णुप्रसाद लम्साल,मान बहादुर विके,चन्द्रमान श्रेष्ठहरु प्रदेश प्रमुखका रुपमा खटिएका छन् भने उनीभन्दा धेरै पछि सचिव बढूवाका लागि नाम सिफारिस भएका मधु मरासिनी महालेखा नियन्त्रक बनिसकेका छन् ।सचिव बढूवा सिफारिस समितिले छैटौं पटक बढूवाका लागि दुवाडीको नाम सिफारिस गरेको छ । यसपटक भने उनको बढुवा हुने संभावना रहेको बताइन्छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीनमध्ये एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण भएकाले सचिव बढुवा सिफारिस बिलम्ब भएको बताइएको छ ।