३४ जना उपसचिव लागि १९८५ को प्रतिष्पर्धा, अन्तरवार्ताका लागि छानिए यी ६८ जना

लोक सेवा आयोगले आन्तरिक प्रतिस्पर्धातर्फ उपसचिव पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सामान्य प्रशासन, परराष्ट्र, राजश्व, लेखा, लेखापरीक्षण, संघीय संसद सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीको उपसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
प्रशासन सेवाबाट २५,राजश्व उपसमुहतर्फ ४,परराष्ट्र सेवातर्फबाट १ जना, लेखापरीक्षण समुहतर्फ १ जना र संघीय संसदतर्फ तीन जना गरी आन्तरिक प्रतिष्प्रर्धाबाट ३४ जनाको विज्ञापन खोलिएकोमा १९८५ जना लिखित परीक्षामा सहभागी रहेको लोकसेवा आयोगले जनाएको छ । जसमध्येबाट ६८ जना अन्तरवार्ताका लागि छनौंट भएका छन् ।
जसमध्ये प्रशासन सेवा,सामान्य प्रशासन समूहबाट २५ जना माग भएकोमा ९६३ जना लिखित परीक्षामा सहभागी भएकोमा ३२ जना अन्तरवार्ताका लागि छनौट गरिएको छ ।
यस्तै प्रशासन सेवा लेखा उपसमूहतर्फ ५ जना मागिएको लिखित परीक्षामा ३४७ जना सम्मिलित थिए । जसमध्ये १४ जना अन्तरवार्ताका लागि छनौट भएका छन् ।
यस्तै लोकसेवाका अनुसार,प्रशासन सेवाकै राजश्व उपसमुहतर्फ ४ जना माग गरिएकोमा ५६२ जना लिखित परीक्षामा सहभागी थिए । जसमध्ये अन्तवार्ताका लागि १६ जना छनौट भएका छन् ।
यस्तै परराष्ट्र सेवातर्फबाट १ जना माग भएकोमा लिखित परीक्षामा ७७ जना छनौट भएका थिए जसमध्ये अन्र्तवार्ताका लागि ३ जना छनौंट भएका छन् । लेखापरीक्षण समुहतर्फ १ जना माग भएकोमा लिखित परीक्षामा ३४ जना सहभागी भएका र तीमध्येबाट अन्र्तवार्ताका लागि ३ जना छनौंट भएका छन् ।
यस्तै संघीय संसदतर्फ तीन जना माग भएकोमा लिखित परीक्षामा २ जना सहभागी भएको र तीमध्ये अन्र्तवार्ताका लागि कोही पनि छनौंट हुन सकेका छैनन् ।

under sec lekha sewa राजश्व लेखापरीक्षण
प्रकाशित :२०७८ कार्तिक १५, सोमबार १०:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry