एसबिआई बैंकको अध्यक्षमा राजिव अरोरा

नेपाल एसबिआई बैंक संचालक समितिको अध्यक्षमा राजिव अरोरालाई संचालक समितीको अध्यक्षमा चयन गरेको छ। आज बसेको बैंकको ४७६औँ बैठकले अरोरालाई सर्वसम्मत्तीबाट चयन गरेको हो।

Advertisement 1

अरोरालाई नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथ गरेका थि। उनि स्टेट बैंक अफ इण्डियाको प्रतिनीधि हुन्।

अध्यक्ष अरोरा एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एसबिआई। समूहको रणनीति, व्यवसाय प्रवर्धन, संचालन प्रभावकारीता तथा समूहको अन्य मामिला हेर्छन ।

Advertisement 2

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिना, डेपुटी गर्भनर बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकार भट्ट, निर्देशक मुक्तिनाथ सापकोटा तथा नेपाल एसबिआई बैंकका निर्वतमान अध्यक्ष तथा एसबिआई. भारतका मुख्य महाप्रबन्धक बिआरएस सत्यनारायण, बैंकका संचालकहरु रजयकुमार सिन्हा, बालकृष्ण श्रेष्ठ, विमला सुवेदी एवं बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित :२०७८ कार्तिक ९, मंगलवार १३:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry