काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

?????????????????????????????????????????????????????????

तनहुँ। तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडकखण्डमा पहिरोका कारण यातायात प्रभावित भएको छ।

Advertisement 1

मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो झरेपछि कतिपय ठाउँमा एकतर्फी मार्गलाई नै दुईतर्फी बनाएर सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

हालको अवस्थालाई मध्यनजर गर्दै सम्भव भएसम्म यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सडकको पछिल्लो अवस्था बुझेर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले बताए।

Advertisement 2

सेवा तथा सहयोग आवश्यक परेमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रकाशित :२०८३ आश्विन ९, शुक्रबार ११:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम