‘इन्टेग्रीटी आईकन २०२१’ सार्वजनिक, उत्कृष्ट पाँच जनामा को–को परे ?

निजामति वा सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने उदेश्यले प्रदान गरिने ‘इन्टेग्रीटी आईकन २०२१’ को नाम सार्वजनिक भएको छ ।
कोभिड १९ ले सबैलाई तर्साएको बर्षमा अध्यारो चिर्दै उज्यालो चिर्ने ५ राष्ट्रसेवक गरिएको जनाइएको छ ।
यसरी छनौट छनोट भएका कर्मचारीहरुमा शिला शर्मा,डा लोकबहादुर लोप्चन,डा सुमित्रा गौतम,चन्द्रकान्त चौधरी र मनमाया भट्टराई पंगेनी उत्कृष्ट पाँचमा परेका छन् । उत्कृष्ट पाँचमा परेका मध्ये तीन जना महिला कर्मचारी चयन भएका छन् ।

Advertisement 1

जसमध्ये भेरी अस्पतालको नर्सिङ अधिकृत शिला शर्मा,भाषा आयोग अन्तरगत मातृ भाषा शाखाका डा. लोकबहादुर लोप्चन,नवलपुरको सिडिओ मनमाया भट्टराई पंगेनी,मकवानपुर गाउँपालिकाको कृषि अधिकृत चन्द्रकान्त चौधरी र भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डन डा सुमित्रा गौतम छन् ।

आठ वर्ष अगाडी नेपालबाट सुरु भएको अभियान हाल विश्वका १५ देशमा पुगिसकेको छ ।

प्रकाशित :२०७८ कार्तिक ३, बुधबार २०:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry