यी हुन राजदुत बन्न पालो पर्खिएर बसेका ‘करियर डिप्लोम्याट’
सरकारले एक दर्जन राजदुत फिर्ता बोलाएसँगै अहिले विदेशस्थित राजदूत रिक्त भएका नियोगको संख्या २३ पुगेको छ । १० जना मन्त्रालयका सहसचिवहरु अर्थात करियर कूटनीतिज्ञ भने अझै पनि राजदूतको हैसियतमा कार्यरत छन् ।रिक्त २३ राजदुतावासमध्ये परराष्ट्र सेवाका आधाले नियुक्ति पाउने सम्भवना छ ।
अहिले अमेरिका,बेलायत,चीन,ओमान,इजरायल,मलेसिया,बंगलादेश,जापान,भारत,बेलायत,इजरायल, कतार,जापान ,अस्ट्रेलिया, बहराइन, डेनमार्क, इजिप्ट, म्यान्मार, रुस, साउदी अरब र श्रीलंकामा राजदूत खाली हुन पुगेको छ ।
अहिले परराष्ट्र सेवाबाट १० वटा देशमा राजदुत छन् । युएईका लागि कृष्णप्रसाद ढकाल, राष्ट्रसंघीय स्थायी नियोगका लागि अमृतबहादुर राई, थाइल्याण्डका लागि गणेशप्रसाद ढकाल, पाकिस्तानका लागि तापस अधिकारी, स्वीटजरल्याण्डका लागि मणिप्रसाद भट्टराई, क्यानडाका लागि भृगु ढुंगाना, फ्रान्सका लागि दीपक अधिकारी, जर्मनीका लागि रामकाजी खड्का, कुवेतका लागि कृष्णप्रसद भण्डारी र बेल्जियमका लागि गेहेन्द्र राजभण्डारी राजदूत रहेका छन् । नेपालको विदेशस्थित ३३ वटा दुतावास रहेकामध्ये १० बाहेक सबै रिक्त बन्न पुगेका छन् ।
Advertisement 1
अब नियुक्त गरिने झण्डै दुई दर्जन राजदूतमध्ये करियर डिप्लोम्याटबाट आधा दर्जन पाइपलाइनमा देखिन्छन् । त्यसरी कुरेर बसेका सहसचिवहरुमध्ये निर्मल काफ्ले सबैभन्दा वरिष्ठ हुन् । उनी यसअघि ओली सरकारबाट दुई पटक सिफारिशमा परेर पनि अन्तिम अवस्थामा समस्या आएको हो ।
मन्त्रालयमा सहसचिवको कुर्सीमा बसेर राजदूतको पालो कुरेकाहरुमध्ये काफ्ले,हरिश्चन्द्र घिमिरे,सुशील लम्साल,तेजबहादुर क्षेत्री,तीर्थ वाग्ले,भरत रेग्मी मुख्य हुन् । सरकारले कम्तिमा ६ जना र बढीमा ७ जना सहसचिवलाई नियुक्त गर्नुपर्ने आवाज परराष्ट्र मन्त्रालयमा उठेको छ ।
Advertisement 2
मन्त्रालयमा सहसचिवहरुलाई जिम्मेवारीसहितको काम नभएकाले पनि तत्काल राजदूत बनाएर कार्यस्थलको अभावलाई मार्ग प्रशस्त गर्नुपर्ने अवस्थासमेत देखिएको छ । पछिल्लो समयमा दुई जना सहसचिवलाई एउटै कोठामा राखिएको छ । पर्याप्त कोठा नभएकाले त्यसो गरिएको मन्त्रालय स्रोतले बताएको छ । त्यसरी राखिएका सहसचिवहरुमा तेजबहादुर र सुधिर भट्टराई हुन् ।