रसुवाका सिडियो ढकाल सम्मानित

रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरी प्रसाद ढकाल नागरीक समाज रसुवाद्वारा सम्मानित भएका छन् । ढकाल,सुधारवादी प्रशासक हुन् । स्याङ्जामा जन्मिएका उनी अहिले रसुवा जिल्लाको सिडीयोको भूमिकामा छन् । गृह मन्त्रालयले गत फागुन दोश्रो साता उनलाई रसुवा जिल्लामा खटाएको थियो ।
जनैपुर्णिमाको अवसरमा गोसाइँकुण्ड आउँदा जाँदा लेक लागेर गम्भिर अवस्थामा पुगेका चार यात्रुलाई द्रुतरुपमा उद्धार एवमं उपचारको प्रबन्ध मिलाई स्थानीय प्रशासकको हैसियतबाट मानवीय सेवा, जिल्लाका समग्र सुरक्षा व्यवस्था, वर्षायामको सडक संचालन लगायतका कार्यमा प्रजिअ ढकालले उत्कृष्ट समन्वय गरेको नागरीक समाजले जनाएको छ । प्रजिअ ढकालको योगदानलाई कदर गर्दै उनलाई नागरीक समाजले सम्मानपत्र प्रदान गरेको हो ।

Advertisement 1

https://206.189.139.206/?p=7635&fbclid=IwAR3iZjQdZJLvy1-zedX-RKEAg6b42MhtapklRA2RZIu7t4EObmc3WFqg_l8

प्रकाशित :२०७८ भाद्र १४, सोमबार १५:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry