मेयरलाई कार्यकक्षमै कार्यालय सहयोगीको मसाज !

दासले अदालतको आदेशलाई लत्याउंदै सडक विस्तारको क्रममा अधिग्रहणको नाममा मापदण्ड विपरित दादागिरी शैलीमा स्थानीयको जग्गा अतिक्रमण गर्न खोजेको आरोप लगाइएको छ ।

Advertisement 1

हुलाकी राजमार्ग आयोजनाको निर्माणाधीन विरेन्द्र बजार—महिनाथपुर सडक खण्ड अन्तर्गत विदेह नगरपालिकाका मेयर दासले वडा नम्बर ६ स्थित तिनकौरिया बजारमा पर्ने गिद्धा बेला स्थित श्री जनता नमूना माध्यमिक विद्यालय र एक वडाध्यक्षको जग्गा जोगाउन बलजफ्ती स्थानीयको निजी जग्गा अतिक्रमण गर्न लागेको हो ।

वर्षेणी लाखौ रुपैयामा बजारका लागि ठेक्का लगाइदै आएको विद्यालय र वडा नम्बर ५ का अध्यक्ष विजय यादवको पनि जग्गा पनि अधिग्रहणमा पर्न जाँदा मेयर दासले सो जग्गा बचाउन नाप नक्सा विपरित सडक नै टेढो हुने गरी घुमाएर एक दर्जनभन्दा बढी स्थानीयवासीको जग्गा अतिक्रमण हुने गरी अधिग्रहण गर्न लाग्दा विवाद उत्पन्न भएको छ ।

Advertisement 2

सो सडक विवाद करीब दुई वर्षदेखि चल्दै आएको छ । मेयरले विद्यालय र वडाध्यक्षको जग्गा बचाउन मापदण्ड स्थानीयको जग्गा अधिग्रहण गर्न खोज्दा पिडित स्थानीयले उच्च अदालतमा मुद्दा दिंदा अन्तरिम आदेशपछि निर्माण कार्य रोकियो । त्यसपछि दुवै पक्षको सहमति पश्चात निर्माण कार्य अघि बढाइयो तर मेयरको दादागिरी कायमै रहेपछि स्थानीयले पुनः उच्च अदालतमा मुद्दा हाले ।

Advertisement 3

त्यसपछि अदालतले मापदण्ड अनुसार काम गर्न अन्तरिम आदेश गरेपछि मेयर दासले सो आदेशलाई बेवास्ता गर्दै पुनः विद्यालय र वडाध्यक्षको जग्गा बचाउन अधिग्रहणको नाममा अतिक्रमण गर्न खोजेपछि विवाद बढदै गएपनि सडक निर्माण कार्य अनिश्चित बन्दै गएको छ ।

प्रकाशित :२०७८ श्रावण २३, शनिबार २०:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry