/* google adsense */

साउन महिनामै यी चार सचिवले पाउँदैछन् अवकाश

यो बर्ष मात्र २ हजार ३ सय ८४ कर्मचारी उमेर हद लागेर घर जाने भएका छन् । निजामती किताब खानाले आज सार्वजनिक गरेको विवरण अनुसार १४ जना विशिष्ठ श्रेणी (सचिव) छन । जसमध्ये ४ जना सचिव यही साउनमा घर जानेछन् । ५८ बर्ष उमेर हद लागेर साउनमा घर जान लागेका सचिवहरुमा हरिप्रसाद बस्याल,योगेन्द्रकुमार कार्की,रामशरण पुडासैनी र मुकुन्द प्रसाद पौड्याल छन् । सञ्चार सचिव बस्याल आजै बाटै अवकाशमा जाँदैछन् । हाल कृषि मन्त्रालयमा कार्यरत योगेन्द्र कुमार कार्की आगामी १८ साउनबाट ५८ बर्षे उमेर हद लागेर घर फर्कनेछन् भने यस्तै राजश्व सचिव रामशरण पुडासैनी २४ साउनमा घर फिर्नेछन् ।

पुडासैनी घर जानु अगावै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्ति मिलाइसकेका छन् । यस्तै २६ साउनमा बाग्मति प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद पौड्यालले ५८ बर्षे उमेर हद लागेर घर फर्कनेछन् । यही आर्थिक बर्षभित्रमा राजेन्द्र खनालले अवकाश पाउनेछन् । उनी अघिल्लो सातामात्र सचिवमा बढुवा भएका हुन् । दुई महिना सचिव खाएर आगामी असोज ९ गते उनी घर फिर्नेछन् । सचिव भए पछि अन्याय खेप्दै आएका केदार न्यौपानेले असोज १२ गते अवकाशमा जानेछन् । यस्तै बाबुराम गौतम र ईश्वर नेपाल आगामी कार्तिकमा घर जानेछन् । लामो समयदेखि अन्याय खेप्दै आएका अर्काे सचिव वेगेन्द्रराज शर्माले पुस १४ गते अवकाशमा जानेछन् । उनी सचिव भए यता कहिल्यै मन्त्रालयमा खटाइएन् । अहिले राष्ट्रिय वित्त आयोगमा छन् । यस्तै अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले माघ २० गते घर जानेछन् । ऊर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले २०७९ जेठ ४ गते, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत सचिव यामकुमारी खतिवडाले २०७९ जेठ १९ गते र लोकसेवा आयोग, काठमाडौंमा कार्यरत सचिव महेन्द्रप्रसाद गुरागाईंले २०७९ असार २२ गते अवकाश पाउनेछन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार ०६:२३

प्रतिक्रिया दिनुहोस्