सात उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

सात जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक समूहतर्फका ५ जना उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेकोमा हिजो बसेको समितिको बैठकले थप २ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । सातै जना कर्मचारी जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढूवाका लागि सिफारिस भएका हुन ।

Advertisement 1

हिजोको बैठकले सिभिल इञ्जिनियरिङ समूह, हाइड्रोपावर उपसमूहबाट सहसचिव पदमा बढुवाका लागि प्रदिप कुमार साह र जिओलोजी उपसमूहबाट माधव देव आचार्यलाई बढुवा सिफारिस गरिएको सचिवालयले जनाएको छ ।
यस अघि इञ्जिनियरिङ ५ उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरिएको थियो । समितिको बैठकले सिभिल इञ्जिनियरिङ समूह,स्यानिटरी उपसमूहबाट मोहनलाल जैसी र जक्क अहमद अन्सारीका साथैं नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,बिल्डिङ एण्ड आर्किटेक्ट उपसमूहबाट नारायणप्रसाद भण्डारी,मचाकाजी महर्जन र प्रर्किण तुलाधरलाई बढुवा सिफारिस गरेको थियो ।

Advertisement 2

प्रकाशित :२०७८ पुष २, शुक्रबार ०८:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry