सञ्चारमा क-कस्ले पाए नियुक्ति ?

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतका सबैजसो निकायमा रिक्त पद पूर्ति गरेको छ । भटाभट नियुक्ति गर्ने क्रममा नेपाल टेलिभिजनको रिक्त महाप्रबन्धकमा साहित्यकार तथा कान्तिपुरका पूर्व पत्रकार फूलमान बललाई नियुक्त गरेको छ ।

Advertisement 1

यो पदका निम्ति दोलखाका रमेश खड्का,नेपाल टेलिभिजनका मनोहरि थापालगायत ४ र अन्य गरी ७ जनाले आवेदन गरेका थिए । सञ्चार मन्त्रालयले बलको नाम एक नम्बरमा राखेर सिफारिश गरेको उच्च स्रोतले बताएको छ । यस अघि रासस वोर्ड सदस्यमा पाल्पाका पत्रकार भगवान भण्डारीले नियुक्ति पाइसकेका छन् भने गोरखापत्रको सञ्चालकमा कविता अधिकारीले नियुक्ति पाइसकेकी छिन् ।साता दिन अघिमात्र चलचित्र विकास बोर्ड र सेन्सर वोर्डमा ५ सदस्य नियुक्त भएका हुन् । जसमध्ये निर्माता अर्जुनकुमार डंगोल, निर्देशक प्रकाश भट्टराई र कलाकार राज कटुवालले विकास वोर्डमा नियुक्ति पाएका छन् भने सन्तोषकुमार थापा र मिनाक्षी कोइरालाले सेन्सर वोर्डमा नियुक्ति भेटेकी छिन् । यसबीच मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सबै सदस्य नियुक्त गरेको छ । जसअनुसार हुम्लाका नवराज महतारा,गोपाल तिवारी,प्युठानकी विमला पाण्डे,गिरु भण्डारी,ऋषि श्रेष्ठ (भक्तपुर,नमस्ते टिभी) पर्नुभएको छ । पाण्डे पत्रकार महासंघ केन्द्रीय सदस्य द्वारिका काफ्लकी जीवन सङ्गिनी हुनुहुन्छ ।

प्रेस काउन्सिलको रिक्त दश सदस्यमा पनि शरद अधिकारी,गणेश पोखरेल,हरि जोशी,चिरञ्जीवी मास्के,ठाकुर बेल्वासे,लालबाबु शेखसहितको नियुक्ति भएको छ,स्रोतका अनुसार यसपटक समितिमा काठमाडौं बाहिरका धेरै जनालाई राखिएको छ ।त्यसैगरी विज्ञापन बोर्डको अध्यक्षको निम्ति सूचना तथा प्रशारण बिभागका पूर्व महानिर्देशक लेखनाथ शर्मा ,रमेश खड्का,बलराम उप्रेती,लक्ष्मण हुमागाई ,बालकृष्ण बस्नेत ,असिम श्रेष्ठ लगायत ८ जनाले आवेदन गरेको बताइन्छ ।

प्रकाशित :२०७७ चैत्र ६, शुक्रबार १८:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry