डिआइजीको सुधार गर्ने हुटहुटीले मुहार फेर्दै विन्ध्यवासिनी बाहिनी

एक काविल प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सुधार गर्ने सानो हुटहुटीले मात्र पनि मुहार कतिसम्म फेर्न सकिन्छ भन्ने सानो उदाहरण हेर्न नेपाल लुम्बिनी प्रदेशलाई हेरे पुग्छ ।

Advertisement 1

सुधारवादी प्रहरी नायब महानिरीक्षक (डिआइजी) को रुपमा चिनिएका अभि खत्रीले लुम्बिनी प्रदेशभरका सीमासँग जोडिएका विन्ध्यवासिनी बाहिनीको कमाण्ड गर्दैछन् । उनी बाहिनीपतिको जिम्मेवारी सम्हालेपछि उल्लेख्य सुधार आएको स्थानीयहरु बताउँछन् । खत्रीले नेतृत्व सम्हालेपछि जिल्लाहरुको धेरै क्षेत्रमा उल्लेख्य सुधार भएको व्यापारी, जनप्रतिनीधिहरु नै बताउन थालेका छन् । भनिन्छ नि मुहान संग्लो भयो भने धारामा सफा पानी आउने हो । वाहिनीपति जो मातहत रहन्छन्,जिल्लाभरका गणपतिहरु । अगुवा नै सीमामा हुने अवैध तस्करी मात्रै नभई सीमा नाकाबाट हुने मानव बेचविखन रोकथाम, लागूऔषध कारोबारविरुद्ध र अपराधलाई समेत नियन्त्रणमा होमिए पछि गाणपतिहरु साथ दिँदै छन् ।

विन्ध्यवासिनी बाहिनीसहित ७ जिल्लामा तैनाथ सशस्त्र प्रहरी कार्यालयहरुले गत साउन महिनादेखि भदौ मसान्तसम्म ५ करोड ६२ लाख २८ हजार ६७३ रुपैयाँ बराबरका चोरी पैठारीका सामान बरामद गरी विभिन्न भन्सार कार्यालयमा दाखिला गरेको छ । सशस्त्र भन्सार छलेर भारतबाट नेपाल ल्याउन खोजिएका सामानमध्ये सशस्त्रले पक्रेर भन्सार कार्यालयलाई बुझाएको विवरण सार्वजनिक गरेको हो।

Advertisement 2

सशस्त्र प्रहरीका अनुसार २६ नम्बर गणले २ महिनाको अवधिमा ५२ लाख ६० हजार ३५८ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको छ । २७ नम्बर गणले १ करोड १२ लाख ६९ हजार ४५९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गर्न सफल बनेको हो । यसैगरी २८ नम्बर गण कपिलवस्तुले ६२ लाख २ हजार ४१४ रुपैयाँ बराबरको भन्सार छलीका अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

राप्ती नदीबाट पश्चिममा पर्ने जिल्लाहरुमा दाङले दुई महिनामा १ लाख २८ हजार ६५० रुपैयाँको अवैध सामग्री बरामद गरेको हो । त्यस्तै ३० नम्बर गण बागेश्वरी बाँकेले पनि करोडौं मूल्य बराबरका अवैध सामग्री बरामद गरेको हो । गत साउनयता भदौ मसान्तसम्म सशस्त्र प्रहरीले बाँकेबाट सबैभन्दा बढी अवैध सामग्री बरामद गरेको हो । त्यहाँबाट सशस्त्र प्रहरीले २ करोड ७३ लाख ५५ हजार ९० रुपैयाँ बराबर मूल्यको अवैध सामग्री बरामद गर्न सफल भएको छ ।

Advertisement 3

३१ नम्बर गणले पनि दुई महिनाको अवधिमा ३१ लाख ६ हजार ३२४ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको हो।

 

प्रकाशित :२०८० आश्विन १४, आईतवार १७:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry