कस्तो स्वास्थ्य नीति ल्याउँदैछ गण्डकी प्रदेश सरकार ?
गण्डकी प्रदेशले स्वास्थ्य नीति ल्याउने भएको छ । प्रदेशमा बसोबास गर्ने सम्पूर्ण प्रदेशबासीको स्वास्थ्यको संरक्षण गर्नु प्रदेश सरकारको दायित्व भएकोले गण्डकी प्रदेश अन्तर्गत रहेका हिमाल, पहाड र तराई क्षेत्र समेटेको भू-भागमा आफ्नै किसिमका सस्कृति, परम्परा, रहन सहन र वानी व्यवहार अपनाउने जनताहरुमा देखा परेका र भविष्यमा आइपर्ने स्वास्थ्य समस्याहरुलाई रोकथाम गर्ने, उपचार गर्ने र स्वास्थ्य प्रर्वधन गर्ने प्रभावकारी स्वास्थ्य प्रणालीको व्यवस्था गर्न प्रदेशले आवश्यक देखेको छ ।
प्रदेशमा बसोबास गर्ने करीब २५ लाख जनसंख्यामध्ये महिला जनसंख्या ४७.६ प्रतिशत, जनघनत्व ११० प्रति स्क्वायर कि.मि. (हिमालमा ३, पहाड १४२ र तराई २३२), १५ वर्ष मुनीको जनसंख्या ३२.५ प्रतिशत, ६० वर्ष माथिको जनसंख्या ११ प्रतिशत, आर्थिक गरिवीको रेखा मुनीको जनसंख्या १४ प्रतिशत रहेको अवस्था छ । जनसंख्या वृद्धिदर ३.३ प्रति एक हजार जनसंख्या (०.३३ प्रतिशत), कुल प्रजनन दर २ जना (प्रति दम्पत्ती), औषत आयुदर ७२ वर्ष, नवजात शिशु मृत्युदर १५ प्रति एकहजार जिवित जन्म, ५ वर्ष मुनीको मृत्युदर २७ प्रति एक हजार पाँच वर्ष मुनीका बालवालिका, मातृ मृत्युदर २३९ प्रति एक लाख जीवित जन्म, घरमा प्रसुती गराउने महिला ३२ प्रतिशत रहेको छ ।
अदक्ष महिलाबाट प्रसुती गराउने र नजिकको नातागोतावाट प्रसुती गराउने क्रमश: १२ र २० प्रतिशत रहेको छ, ५ वर्ष मुनिका बालवालिकामा कुपोषण दर २९ प्रतिशत, ५ वर्ष मुनिका बालबालिकामा पुड्कोपन २९ प्रतिशत, ख्याउटेपन ५.८ प्रतिशत, कम तौल भएका बालबालिका १५ प्रतिशत रहेको छ । त्यसै गरी ६ महिना देखि ५९ महिना सम्मका बालबालिकामा रक्त अल्पता ४६ प्रतिशत, १५-५९ वर्षका महिलामा रक्त अल्पता २८ प्रतिशत, स्वास्थ्य संस्थामा प्रसुती गराउने ६८ प्रतिशत रहेको छ ।
आधा घण्टाको दुरीमा हिडेर स्वास्थ्यमा पुग्ने ५८ प्रतिशत र प्रति व्यक्ति आय वार्षिक अमेरिकि डलर १०४३ रहेको छ । १५-१९ वर्ष भित्र गर्भवती हुने महिला १४ प्रतिशत, औषत परिवार नियोजनको साधन नपुगेका दम्पत्ती ३७ प्रतिशत रहेको छ । स्वास्थ्य सेवालाई नियमित रुपमा प्रबाह गर्नका लागी प्रदेश सरकार मातहतमा ११ वटा जिल्ला स्तरिय अस्पताल, एउटा संक्रामक तथा सरुवा रोग अस्पताल, स्थानिय तहको मातहतमा ६ वटा १५ शैयाका अस्पतालका साथै धेरै मात्रामा प्राथमिक तहका अस्पतालहरु स्थापना हुने क्रममा छन् ।
२५ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ४८७ वटा स्वास्थ्य चौकि, ६२ वटा सहरी स्वास्थ्य केन्द्र, ८२ वटा सामुदायिक स्वास्थ्य इकाई, १४१६ वटा गाउँघर क्लिनिक, १७७० वटा खोप क्लिनिकहरु संचालनमा रहेका छन् । त्यसैगरी ५९३९ जना महिला स्वास्थ्य स्वयसेवकहरुबाट समुदाय स्तरमा स्वास्थ्य सेवा प्रवाह भईरहेको छ । प्रदेशभर ३१९ वटा बर्थिङ सेन्टर छन् जस मध्ये २६ वटाको आधारभुत आकास्मिक प्रसुती तथा नवजात शिशु सेवा र ९ वटाको वहृत आकास्मिक प्रसुती तथा नवजात शिशु सेवा केन्द्रहरु रहेका छन् । आयूर्वेद सेवा तर्फ जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र ९ वटा, अञ्चल आयूर्वेद स्वास्थ्य औषधालय २ वटा सञ्चालित छन् भने स्थानिय तहमा ५५ वटा आयूर्वेद औषधालयहरु सञ्चालनमा रहेको छन् । ११ जिल्लका ८५ वटा स्थानिय तहहरुका ५५ वटा वडाहरुमा कुनै पनि सरकारी स्वास्थ्य सेवा प्रदायक संस्था रहेका छैनन् ।
यिनै परिवेशमा गण्डकी प्रदेशले स्वास्थ्थ नीति ल्याउन लागेको हो । यस सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वास्थ्य जनताको मौलिक अधिकार हो भन्ने तथ्यलाई स्वास्थ्थ नीतिले सम्बोधन गर्नु पर्ने कुरामा जोड दिए । स्वास्थ्य तथा जनसख्या मन्त्री मधु अधिकारीले सरोकारवालाहरु संगको अन्तरक्रिया पश्चात छिटै नीति ल्याउन लागेको कुरा बताइन । प्रमुख सचिव डा दामोदर रेग्मीले आउन थालेको स्वास्थ्य नीतिले एलोपेथिक होमियोप्याथिक युनानी र वैकल्पिक चिकित्साका सवै क्षेत्रहरुको सन्तुलित र प्रभावकारी व्वस्थापन गरि भरपर्दो स्वास्थ्य प्रणालीको विकास गर्नु पर्ने कुरामा जोड दिए । प्रदेश सभा सदस्य राजीव पहारीले व्यवहारिक नीति ल्याउनु पर्ने वताए ।
प्रकाशित :२०७८ भाद्र ९, बुधबार २०:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%