खरिदार-नासु मारा निजामती ऐनको मस्यौदाका कतिपय प्रावधानको चर्काे विरोध
सरकारले अगाडि बढाएको संघीय निजामती सेवा ऐनको मस्यौदाप्रति तल्ला तहका कर्मचारीहरुले आपत्ति जनाउन थालेका छन् ।
Advertisement 1
मस्यौदाका कतिपय प्रावधान तल्ला तह ( खरिदारदेखि नास)को वृत्ति विकास नै अवरुद्ध हुने गरी ल्याइएको भन्दै तल्ला तहका कर्मचारीहरुले विरोधका स्वर उँचो पारेका छन् । फ्रन्ट लाइनमा खटिने खरदार र नासु तहका झण्डै ५० हजार कर्मचारीहरुको वृत्ति विकासको बाटो नै अवरुद्ध हुने कतिपय प्रावधान राखेर मस्यौदा अगाडि बढाइएको प्रति उनीहरुले आपत्ति प्रकट गरेका छन् । उच्च पदस्थहरुले आफ्नो हात जगन्नाथ गर्ने र तल्ला तह राजपत्र अनंकित कर्मचारीहरुलाई दशौं वर्षसम्म उही पदमा थन्काएर हेप्ने ढंगले अगाडि बढाइएको भन्दै उनीहरुले विरोध गरेका हुन ।
Advertisement 2
लोकसेवा आयोगवाट स्थानीयमा सिफारिस भएकाहरुलाई उमेर हद लगाउन खोजिएको छ । यस्तै स्वास्थ्य सेवा ऐनमा भएको व्यवस्था अनुसार २ तह वृद्धिको ढोका बन्द गर्दै १ तह चौथोबाट पाँचौं र पाँचौंबाट छैटौंमा सीमित पारिएको छ । स्वास्थ्य सेवाका चौथौ र पाँचौं तहको तह वृद्धि मात्र तत तत तहको प्रथम द्वितीय र तृतीय स्तर कायम रहने भन्ने व्यवस्थाले अन्य सेवाका कनिष्ट कर्मचारी भन्दा स्वास्थ्य सेवाका कर्मचारी भविष्यमा कनिष्ट भई काम गर्नुपर्ने अवस्था आउने भन्दै स्वास्थ्य सेवाका कर्मचारीहरु आपत्ति जनाएका छन् ।
Advertisement 3
हालको ऐनमा व्यवस्थामा नासु बाट शाखा अधिकृत उक्लदा यस अघिको बढुवा प्रतिशत घटाइएको प्रति उनीहरुले आपत्ति जनाएका छन् । नासुलाई बढुवाको अवसरनै नदिने सदैब पिडा दिने गरि मस्यौदा अगाडि बढाइएको प्रति उनीहरुले आपत्ति जनाएका हुन ।
मस्यौदा पढिसकेपछि आक्रोशित भएका कतिपय राजपत्रअनंकित कर्मचारीहरुले मस्यौदाकारहरुका छोरा छोरी नाति नातिनाहरुले स्थानीय तहमै जागिर खाने दिन आउन भन्दै सरापेका छन् । यस्तै केहीले मस्यौदाकारलाई कुष्ठरोग लागोस सम्म भन्न भ्याएका छन् ।