स्टाफ कलेजको कार्यकारी निर्देशकमा डा. घिमिरेले सम्हाले जिम्मेवारी

काठमाडौं। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) का नवनियुक्त कार्यकारी निर्देशक डा. रामप्रसाद घिमिरेले पदबहाली गरेका छन्। मंगलबार उनले प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका हुन्।
Advertisement 1
लामो समयदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत नियुक्त भएका पूर्वसचिव घिमिरेले पदबहालीसँगै प्रतिष्ठानको नेतृत्व सम्हालेका छन्।
उनको पदबहालीका अवसरमा प्रतिष्ठानले स्वागत कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
Advertisement 2
सरकारी कर्मचारीको क्षमता विकास, प्रशासनिक दक्षता अभिवृद्धि तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक प्रशिक्षण प्रदान गर्दै आएको प्रतिष्ठानको नेतृत्वमा घिमिरेको नियुक्तिलाई प्रशासनिक वृत्तमा चासोका साथ हेरिएको छ।








