राष्ट्रियसभामा ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

काठमाडौं। राष्ट्रियसभामा ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरिएको छ।

Advertisement 1

राष्ट्रियसभाको आजको बैठकमा सदस्य सुमित्रा बिसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह (गरिमा), पदमबहादुर परियार र पूजा चौधरी समर्थक रहेको प्रस्ताव आजको बैठकमा प्रस्तुत भएको हो। प्रस्ताव प्रस्तुत गर्दै सदस्य बिसीले ज्येष्ठ नागरिकको परिभाषामा परेका तर सामाजिक सुरक्षा भत्ता नपाउनेलाई रोजगारीको व्यवस्था गर्नुपर्ने बताईन्।

ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा गर्ने संस्कृतिको विकास गरिनुपर्नेमा पनि उनले जोड दिईन्। विसं २०८२ जेठ ३१ गते दर्ता भएको प्रस्ताव आज प्रस्तुत गरिएको बिसीले जानकारी गराईन्।

Advertisement 2

प्रस्तावको समर्थन गर्दै सदस्य अर्यालले हाल युवाको जनसङ्ख्या घट्दै जाने र ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै जाने अवस्थामा पुगेकाले देशका लागि यो कुनै न कुनै रुपमा योगदान गरेका ज्येष्ठ नागरिकको सम्मान गर्न पनि उक्त प्रस्तावले सहयोग गर्ने विचार व्यक्त गरे।

प्रकाशित :२०८२ असार २७, शुक्रबार १४:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry