“भ्रष्टाचारविरुद्धका सङ्घर्षहरूमा हजारौँ पटक हिरासतमा थुनिएको व्यक्ति हुँ”

मङ्गलवार पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेश प्रमुख पदबाट बर्खास्त गरिएका अमिक शेरचनले आफूलाई पदमुक्त गरिँदा चित्त नदुखेको बताएका छन् । उनले आफू भ्रष्टाचार विरुद्धका सङ्घर्षहरूमा हजारौँ पटक यातना पाएको बताएका छन् ।
Advertisement 1
उनले राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि बारम्बार हस्तक्षेप र गर्ने भारतीय विस्तारवाद र साम्राज्यवादविरुद्वको सङ्घर्षहरू पञ्चायत कालदेखि गणतन्त्रकालसम्म राष्ट्रघाती र असमान सन्धि सम्झौताविरुद्धको सङ्घर्षहरूमा कुनै प्रकारका षडयन्त्र र गद्दारी नगरेको दाबी गरेका छन् ।
उनले आफू मन्त्री हुँदा घुस खुवाउन खोज्ने डीजीलाई पदबाट बर्खास्त गरेको ज्युँदो उदाहरण पनि भएको बताए । ‘न त अर्बौँ कमिसन र भ्रष्टाचारमा डुबेको छु । बरु म मन्त्री हुँदा घुस खुवाउन खोज्ने डीजीलाई पदबाट बर्खास्त गरेको ज्युँदो उदाहरण छ मसँग’ उनले भने । उनले आफू वैदेशिक हस्तक्षेप सन्धि सम्झौता र भ्रष्टाचारविरुद्धका सङ्घर्षहरूमा चार वर्षजति जेलयातना र हजारौँ पटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति भएको बताए ।
को हुन् अमिक शेरचन ?
Advertisement 2
अमिक शेरचन राजनीतिसँगै इमान्दार, सदाचार र सादगी जीवन जिउने थोरै व्यक्तित्वमध्येमा पर्छन् । जीवनको लामो समय भूमिगत र अर्धभूमिगत बिताएका उनी निर्भीक, निडर र इमान्दार पनि रहेका थिए । वि.सं २००६ मा म्याग्दी जिल्लाको ओखरबोटखानी–९ मा जन्मनुभएका बडिबहादुर र उमादेवीका छोरा उनी हाल भरतपुर महानगरपालिका–२६ का स्थायी बासिन्दा रहेका छन् । युवावस्थादेखि नै वामपन्थी राजनीतिमा झुकाव राख्दै आउनुभएका शेरचन विसं २०३५ मा निर्मल लामाले नेतृत्व गरेका नेकपा (चौथो महाधिवेशन) को केन्द्रीय सदस्य एवं चितवन जिल्ला सचिव भएका थिए । तत्कालीन समयमा पञ्चायत विरोधी अभियानमा सक्रिय उनले विभिन्न समयमा कारागार जीवन पनि बिताए ।
वामपन्थी नेता साध्यबहादुर भण्डारीका अनुसार विसं २०४७ मा तीन पार्टी र त्यसको एक वर्षपछि अरु दुई पार्टी थपिएर बनेको नेकपा (एकता केन्द्र) मा शेरचन केन्द्रीय सदस्य रहेका थिए । शुरुमा नेकपा (मशाल), नेकपा (चौथो महाधिवेशन) र सर्वहारावादी श्रमिक सङ्गठन मिलेर संयोजन समिति बन्यो । पछि त्यसैलाई एकता केन्द्रका रुपमा घोषणा गरिएको थियो । नेता भण्डारीले पछि सोही पार्टीको विद्रोही मसाल र रुपचन्द्र विष्टले नेतृत्व गरेको पार्टीसमेत एकता केन्द्रमा समाहित भएको जानकारी दिए । शेरचन वि।सं २०४७ मा संयुक्त जनमोर्चाको चितवन जिल्ला अध्यक्ष भएका थिए । त्यसका केन्द्रीय अध्यक्षमा डा।बाबुराम भट्टराई रहेका थिए । नेता भण्डारीका अनुसार वि.सं २०५१ मा संयुक्त जनमोर्चाबाट डा.भट्टराई र निरञ्जन वैद्य अलग्गिएर छुट्टाछुट्टै पार्टी खोलेपछि विसं २०५४ को जनकपुर सम्मेलनले शेरचनलाई संयुक्त जनमोर्चाका केन्द्रीय अध्यक्ष बनाएको थियो । एकता केन्द्र र संयुक्त जनमोर्चाका तर्फबाट विसं २०४८ को निर्वाचनमा उम्मेदवार बनेका शेरचन चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भए । वि।सं २०५९ मा संयुक्त जनमोर्चा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको जनमोर्चा नेपालको अध्यक्ष पनि शेरचन नै भए । विसं २०६३ मा सो पार्टी विघटन भएको घोषणा गरी तत्कालीन नेकपा (माओवादी) मा समाहित भएको थियो । उक्त पार्टीमा शेरचन स्थायी समिति सदस्य बनेका थिए । यससँगै उनले पार्टीकोअनुशासन कमिटीको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए । शेरचन विसं २०६३ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत बनेका थिए ।
Advertisement 3
वि.सं २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए ।