ट्रान्सपरेन्सी इन्टरनेशनको रिपोर्ट :- राष्ट्रपति र प्रधानमन्त्री कार्यलय सबैभन्दा बढी भ्रष्ट
नेपालमा पछिल्लो समय भ्रष्टचार बढिरहेको ट्रान्सफरेन्सी इन्टरनेशनलले जनाएको छ । टीआईले ग्लोबल करप्सन ब्यारोमिटर एसिया २०२० मंगलबार सार्वजनिक गर्दै यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।
ट्रान्सफरेन्सी इन्टरनेशनलको ग्लोबल करप्सन ब्यरोमिटरले नेपालमा पछिल्लो एक बर्षमा भ्रष्टाचार झण्डै ५८ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । ६८ पृष्ट लामो उक्त प्रतिवेदनमा एसियाली मुलुकका नेपालसहित १७ देशमा सर्भे गरी भ्रष्टचारसम्बन्धी चिरफार गरिएको छ ।
Advertisement 1
जहाँ ८४ प्रतिशत नेपालीहरुले सरकार नै भ्रष्टाचारको मूल कारक भएको अनुसन्धानमा सहभागीहरुले जनाएका प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा नेपालको प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्ट रहेको निष्कर्ष निकालेको छ ।सर्वेक्षणमा सहभागीमध्ये प्रधानमन्त्री/राष्ट्रपति तथा उनीहरुको कार्यालयका कर्मचारीहरु भ्रष्टाचारमा संलग्न रहेको मान्छन्। यस्तो मत जाहेर गर्नेहरु ५० प्रतिशतभन्दा बढी रहेका थिए ।
Advertisement 2
यस्तै सांसदहरु भन्ने ४३ प्रतिशत, कर्मचारी भ्रष्ट छन् भन्ने ४३ प्रतिशत, स्थानीय निकायमा पनि भ्रष्टाचार छ भन्नेहरु ४३ प्रतिशत, प्रहरी प्रशासनभित्र भ्रष्टाचार छ भन्नेहरु २८ प्रतिशत र न्यायालयमा भ्रष्टाचार छ भन्नेहरु २४ प्रतिशत रहेका छन् । प्रतिवेदनमा १२ प्रतिशतले सरकारी काम गराउन घुस दिनुपरेको उल्लेख गरेका छन् । यस्तै १३ प्रतिशतले भोटका लागि घुस दिएको उल्लेख गरेका छन् ।
https://www.transparency.org/en/gcb/asia/asia-2020