एमाले केन्द्रीय विभागलाई छिट्टै पूर्णता दिइने
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीलाई नीतिगतरूपमा सुझाव दिन र आफ्नो क्षेत्रका काम अघि बढाउन पार्टीका विभिन्न केन्द्रीय विभागका प्रमुखलाई निर्देशन दिएका छन ।
Advertisement 1
केन्द्रीय विभागका प्रमुखहरूको आज भएको बैठकमा उनले पार्टीलाई गतिशील र प्रभावकारी बनाउन विभागीय सक्रियतामा जोड दिएका छन । बैठकले विभागलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मकरूपमा काम अघि बढाउने निर्णय गरेको छ ।
एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेका थिए। बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखको उपस्थिति थियो ।
प्रकाशित :२०७८ फाल्गुन ९, सोमबार १५:१६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%