सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

प्रतिनिधिसभाको आजको बैठकमा उनले विपद्मा आरोप प्रत्यारोप नभई आफ्नो पार्टीले सरकारलाई खोज, उद्धार र राहतमा साथ दिइरहेका र सरकार मिलेर काम गरिरहेको बताए। उनले अन्तरराष्ट्रिय निकायसँगै राज्यका सबै सरकारको साथमा उभिन आग्रह गरे।

Advertisement 1

राज्यका स्रोतसाधन परिचालन गर्ने कार्यकारी अधिकार र दायित्व सरकारसँग भएकाले यसमा सरकार अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने उनको भनाइ थियो। यस्तो अवस्थामा सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई पनि सँगै परिचालन गर्नुपर्ने बताए। सुरुङमा अहिले पनि जिवित व्यक्ति हुनसक्ने उल्लेख गर्दै नेता शाही विज्ञ र जानकारी भएका व्यक्तिको सहयोग लिएर खोजी तथा उद्धारको जुट्न सुझाव दिए।

प्रकाशित :२०८३ भाद्र १७, बुधबार १६:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry