सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न

सिन्धुपाल्चोक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिन्धुपाल्चोकका सबै १२ स्थानीय तहको अधिवेशन सम्पन्न गरेको छ।
Advertisement 1
राप्रपा जिल्ला अध्यक्ष निलध्वज थापाका अनुसार ९ गाउँपालिका र ३ नगरपालिकामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनबाट मेलम्ची नगरमा रामशरण महरा, चौतारा साँगाचोकगढी नगरमा शेरबहादुर ठकुरी, बाह्रबिसे नगरमा श्याम भण्डारी निर्वाचित भएका छन्।
यसैगरी, पाँचपोखरी गाउँ कार्यसमितिको अध्यक्षमा नातिकाजी सापकोटा, सुनकोशीमा सरोज केसी, इन्द्रावतीमा गणेश खड्का, लिसंखुपाखरमा चक्रबहादुर केसी, हेलम्बुमा सुरेश तामाङ, जुगलमा चित्रबहादुर सिलवाल, भोटेकोशीमा मिङमार शेर्पा, त्रिपुरासुन्दरीमा मोहनजङ्ग पाण्डे र बलेफीमा जितबहादुर तामाङ अध्यक्षमा निर्वाचित भएका छन्।
प्रकाशित :२०८२ पुष २९, मंगलवार १२:२०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













