८ हजार घुससहित प्रहरी सहायक निरीक्षक अख्तियारको फन्दामा

 

Advertisement 1

प्रहरी सहायक निरीक्षक आठ हजार घुससहित अख्तियारको फन्दामा परेका छन् ।

कृषि प्रयोजनको लागि ल्याइएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै ८ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गजेन्द्र सिंह भण्डारीलाई रंगेहात पक्राउ गरेको हो ।
सिंह प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक पदमा कार्यरत छन् ।उनलाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित प्रहरी चौकी खडैचाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Advertisement 2

 

प्रकाशित :२०८० पुष २६, बिहीबार ०७:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry