बालेनको एक्सनपछि राहदानी विभागको बेसमेन्ट सेवाग्राहीलाई पार्किङ गर्न खुला

काठमाडौंका मेयर बालेन शाहको एक्सन पछि त्रिपुरेश्वरस्थित राहदानी विभागले आजदेखि लागू हुने गरी सेवाग्राहीका लागि बेसमेन्ट पार्किङ गर्न खुला गरेको छ । राहदानी विभागको यो निर्णयसँगै विभागमा पुग्ने सेवाग्राहीले आजैदेखि पार्किङ गर्न पाउने छन् ।यस अघि विभागले सेवाग्राहीका सवारीलाई भवनमा लगेर पार्किङ अनुमति दिएको थिएन। सेवाग्राहीले मोटरसाइकल बाहिर पार्किङ गर्ने गरेका थिए। ‘साविकमा यस विभागको बेसमेन्ट राहदानी आवेदकका लागि होल्डिङ एरियाका रूपमा प्रयोग हुँदै आएकोमा भदौ १२ देखि सेवाग्राहीका लागि पार्किङ स्थलका रूपमा प्रयोग हुनेछ’, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Advertisement 1

यस्तै विभागले आइतबारदेखि राहदानी विभागमा लाइभ इलरोलमेन्ट सेन्टर कायम भएका सेवाग्राही मात्र आवेदनका लागि विभागमा आउन आग्रह गरेको छ।

यस्का अलवा आवेदकहरू आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र विभागमा आउन भनेको छ। यस्तै तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरू साविकमा झै गेट नं २ बाट प्रवेश गर्न आग्रह गरेको छ।

Advertisement 2

यस्तै राहदानी सम्बन्धी सेवा लिन विभाग आउँदा आवश्यक अवस्थामाबाहेक सम्बन्धित आवेदक मात्र आउनले विभागले आग्रह गरेको छ।

Advertisement 3

 

प्रकाशित :२०७९ भाद्र १२, आईतवार ११:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry