मुलुकका ४ जिल्लाको कमाण्ड गरिरहेका महिला सीडिओको नजरमा ‘नारी दिवस’

लोकराज रुम्दाली

Advertisement 1

कुनै समय देशका ७७ जिल्लामध्ये ७ वटा जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी रहेकामा अहिले ४ वटा जिल्लाका कमाण्ड महिलाले गर्दैछन् ।  उपत्याकाको भक्तपुरसहित , काभ्रे, पर्वत र हुम्लाका यी ४ सिडिओले जिल्लाको कमाण्ड सम्हालिरहेका छन् । जसमध्ये भक्तपुर र काभ्रे राप प्रथम श्रेणी (सहसचिव) तहका हुन भने पर्वत र हुम्लाका कमाण्ड उपसचिव तहका । आज ८ मार्च अर्थात ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस,  सरकारले सार्वजनिक बिदा दिएको भए पनि उनीहरु चारै जना काममै व्यस्त थिए ।  यी ४ जनाले न आफूलाई कमजोर ठानेका छन् न बलिया नै । उनीहरु बलिया र कमजोर ठान्छन् त केवल जनताको सेवामा कति खटिन सके ? उनीहरुलाई आफू महिला भएकोमा न कुनै आपत्ति छ न त पुरुष हुन नपाएकोमा बिलौना नै । केवल चिन्ता छ त देश र जनताको । देश र जनताभन्दा पर गएर उनीहरुले केही सोचेकै छैनन् । आफ्नो सबथोक यहीँ सोच्ने उनीहरु नारी दिवसलाई कसरी हेर्छन् त रु सुनौँ, उनीहरुको आफ्नै ‘अग्र्यानिक’ आवाज :-

अनौपचारिक क्षेत्रमा बाँकी रहेका हिंसाका अवशेष पहिल्याऔँ
रुद्रादेवी शर्मा, सिडिओ, भक्तपुर
सन् १९११ देखि औपचारिक रुपमा मनाउन थालिएको नारी दिवसको इतिहास हेर्ने हो भने यो महिला श्रमिकको आन्दोलनबाट स्थापना भएको दिवस हो । सन् १९१० मा महिलाले भोट हाल्ने अधिकार सुनिश्चित गर्ने उद्धेश्यका साथ यसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो । सन् १९०८ मा महिला श्रमिकले समान कामको ज्याला, यौन शोषणको अन्त्यको आवाज उठेपछि यो दिवसले नयाँ गति लिन पुगेको हो । र, यसले विश्वभर आफ्नो पकड जमाउँदै गयो, जमाइरहेको छ ।
नेपालको हकमा कुरा गर्ने हो भने सर्वोच्च पदमा महिला नै हुनुहुन्छ । यसो भन्दै गर्दा महिलाका समस्या छँदै छैनन् भनेको होइन । हो, अहिलेपनि नेपाली समाजमा महिलाका अनेकन् समस्याहरु छन् । फेरि पुरुषको पनि छैन भनेको होइन । अझैँ पनि (महिला वा पुरुष) श्रमिकले पाउने ८ घन्टाको समय लागू भएकै छैन । यौनशोषणका अवशेष बाँकी छन् । सुधार हुने क्रम र सुधार भइरहेका छन् । यो सुखद पाटो । यसकारण भन्न खोजेको के हो भने– आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै गर्दा औपचारिकभन्दा अनौपचारिक क्षेत्रमा महिला हिंसा वा अन्य हिंसाका अवशेष बाँकी छन् ।

Advertisement 2

यसकारण हिंसा औपचारिक क्षेत्रमाभन्दा अनौपचारिक क्षेत्रमा व्यापक छन् । आज ११२ औँ नारी दिवस मनाइँदै गर्दा हामीले यसतर्फ नियाल्न जरुरी छ । यद्यपि, यसतर्फ नहेरेर जुन उद्धेश्यका साथ महिला दिवस मनाउन थालिएको छ त्यसले पूर्ण रुपमा सार्थकता पाउला जस्तो लाग्दैन ।

 

Advertisement 3

नेतृत्व लिने र दिने कुरामा कञ्जुस्याइँ नगरौँ
सीता परियार, सिडिओ, हुम्ला

सुरुवात म आफैँबाट गर्न चाहन्छु– महिला भएकै कारण म आफैँलाई अपठ्यारो भएको ठान्दिन । काम गर्दा अनेक समस्या आउँछन् तर, महिला हुँ कमजोर भइहाल्छ नि भन्ने अहिलेसम्म लागेकै छैन । महिलै भएकै कारण मैले दुर्व्यवहार भोगिकी छैन । २०६६ सालमा अधिकृत भएर सेवा प्रवेश गरेको १२ वर्ष पूरा भइसकेको छ । दुर्गम जिल्लाहरु रामेछाप, गूल्मीलगायत क्षेत्रमा थुपै काम गरे तर, महिला भएको कहिल्यै महसुस भएन । यसो भनिरहँदा मजस्तै अन्य महिला पनि छन् भन्न खोजेको होइ । अहिले पनि सजिलै महिलालाई अधिकार दिइएको देखिँदैन । पुरुषसरह महिलाहरुलाई पनि नेतृत्व नदिँदा अहिले पनि महिला संकुचित अवस्थामै रहेको देखिन्छ ।
यस्ले महिलामा सक्छौँ कि सक्दैनौ भन्ने आशंकमा पनि देखायो । प्रतिस्पर्धामा उत्रिने वातावरण सिर्जना नहुनु पनि एउटा दुःखद पाटो हो । प्रतिस्पर्धा गर्ने हो भने पुरुषभन्दा महिलाहरु भन्दा अघि नै रहेको पनि देखिन्छ । तर, विगतदेखि चल्दै आएकोमा भने यस्ले पछौटेपन निम्त्याइरहेको छ । यसकारण नेतृत्व लिने र दिने कुरामा कुनै पक्षमा कञ्जुस्याइँ गरिनुहुन्न त्यहीँ समानाता हो । उत्पीडनको कुरा गर्ने हो भने पुरुषमा पनि हिंसा छ । अब यसलाई कुन रुपमा लिने ? त्यसैले यो उसको दिवसा यो मेरो दिवस होइन सबैको दिवस भनेर मान्नुनै जुनसुकै दिव स हो । म अहिले जुम्ला छु यहाँ अनमेल, बालविवाह, बहपति विवाहलगायत थुप्रै समस्याहरु छन् । विगतमा भन्दा अहिले घटेको छ । तर, पूर्ण रुपमा यसले गति लिन सकेको छैन । यहाँ महिला पुरुषबाट मात्र होइन महिलाबाट, घरपरिवारबाट पीडित छन् । यसलाई एउटा एंगलले मात्र हेरिनुहुन्न । त्यसकारण जुनसुकै वर्ग,समूदाय, लिंग पिछडिनुका कारण पहिचान गरेर त्यसको समाधान गर्नु नै हो । अर्को कुरा जन्मका आधारमा कसैलाई विभेद नै पहिलो गल्ती हो । यो अन्त्यका लागि महिलामात्रै होइन सबै एकजुट हुन आवश्यक छ । अर्को कुरा हिंसासम्बन्धीका विषयलाई पाठ्यक्रममै समेट्न जरुरी छ ।

एक दिन नारी दिवस मनाएर हिंसा अन्त्य हुँदैन
हुमकला पाण्डे, सिडिओ, काभ्रे
सामाजिक परिवर्तनका लागि समान ज्याला, समान अधिकारको खाँचो छ । यसले नै समाजमा समानता कायम गर्छ । यो कायम नहुँदा यसको स्वरुप आन्दोलनमा परिवर्तन हुन्छ । त्यहीँ आन्दोलनको जग हो नारी दिवस । नेपालमा पनि विविध कार्यक्रम आयोजना गरि नारी दिवस मनाइँदै गर्दा एक दिन मात्र नारी दिवस मनाएर हुँदैन । ३६५ दिनै नारीले दिवस मनाउने वातावरण बन्नुपर्छ । त्यसो हुँदा मात्र नारी दिवसले सार्थककता पाउँछ ।
यी कुराहरु गरिरहँदा महिला पुरुषबाट मात्रै पीडित छैनन् । महिला महिलाद्वारा पीडित पनि छन् । यसका थुप्रै कारण छन् । यसतर्फ पनि हाम्रो ध्यान खिचिनु पर्छ । कार्यस्थल, अफिसलगायत क्षेत्रमा महिलामाथि विभेद भएका कुराहरु सुनिन्छन् । यसतर्फ अशिक्षित, हक अधिकारको अवस्था नबुझ्नाले पनि निम्तेको देखिन्छ । यसकारण हिंसाको जग के हो त्यो पहिचान गरेर त्यसको समाधानतिर उन्मुख हुनुपर्छ । यो अभियानमा महिलामात्र होइन पुरुष पनि सहभागी हुन जरुरी छ ।

सोच बद्लिन जरुरी
देवी पाण्डे, सिडिओ, पर्वत
पहिलो कुरा त महिला र पुरुष फरक भएको भन्ने सोचले नै हिंसा भएको देखिन्छ । प्राकृतिक रुपमा महिला पुरुष जन्मिदा उनीहरुबीच फरक केही हुँदैन । दुवैको समान अधिकार हुन्छ । तर, जब जब दुवै हुर्कन थाल्छन् तब समाजमा उनीहरुको वर्गीकरण हुन जान्छ । र, समाजको सोच को बलियो, को दुर्बल ? र, समस्याको जग नै यहाँबाट बस्छ । त्यसकारण सोच बदलिन जरुरी त ।
विगतको तुलनामा अहिले महिलाको अवस्थामा धेरै परिवर्तन आएका छन् । यसतर्फका सुधारहरु पनि भइरहेका छन् । तैपनि नागरिकतासम्बन्धी ऐनमा स्पष्ट नीति उल्लेख नहुँदा अझैँ पनि समाज पुरुषप्रधान नै हो कि भन्ने प्रष्टिन्छ । अहिले म दुर्गम जिल्ला पर्वतमा छु । यहाँ त्यस्तो खालको विभेद देखिँदैन । पुरुषले मात्र नभई महिला महिलाबाट पीडित भन्ने कति सुनिन्छ तर, यहाँ त्यस्तो छैन ।
यस्तो विकृति नहुनाका कारण शिक्षा र जनचेतामूलक कार्यक्रम नै हो । समाज परिवर्तनको लहरमा शिक्षा र जनचेतना नै प्रमुख हतियारका रुपमा अघि आएको देखिन्छ । जब समाजमा महिला र पुरुषलाई समान शिक्षा दिइन्छ त्यहाँबाटै समानताको जगको विकास हुन्छ । आज ११२ औँ नारी दिवस मनाइरहँदा यसतर्फ कति सुधार भए त यो हेर्न जरुरी छ ।

प्रकाशित :२०७८ फाल्गुन २४, मंगलवार १५:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry