नक्कली बिल बनाएर ४ लाख ६६ हजार हिनामिना, १३ जना विरुद्ध मुद्दा

रोल्पाको गंगादेव गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष रिता घर्ती र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गाउँपालिकाको वडा नं। २ स्थित घोरानेटी खोलामा भएको सोलार पम्पिङ खानेपानी निर्माण योजनामा भ्रष्टाचार भएको हो।

Advertisement 1

भ्रष्टाचारको आरोप लाग्नेहरूमा घर्ती र यादवसहित योजना अधिकृत कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नवीन डाँगी, सबइन्जिनियर रोशनी विष्ट, खानेपानी तथा सरसफाइ टेक्निसियन बलबहादुर बस्नेत, उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडकबहादुर डाँगी र कोषाध्यक्ष चन्द्रकुमारी डाँगी छन् ।

यस्तै वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष भुपाल दमाई, वडा सदस्य टिका विक, गनबहादुर भण्डारी र वडा सचिव कुलबहादुर योगीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

Advertisement 2

योजनाका लागि आर्थिक वर्ष ०७६/७७ मा गंगादेव गाउँपालिकाबाट लागत अनुमान तयार भएको थियो। गाउँपालिकाबाट रकम विनियोजन भएर उपभोक्ता समितिसँग सम्झौता भई योजनाको कार्य गर्दा वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी गलत प्रतिवेदन लगाएको देखिएको आरोपपत्रमा उल्लेख छ।

त्यसैका आधारमा गलत नापी किताब तयार गराएर सोहीबमोजिमको नक्कली बिल भरपाई तयार गरी भएको कामभन्दा बढी गर्नै नमिल्ने रकम भुक्तानी लिएको आरोप अख्तियारको छ। यसरी चार लाख ६६ हजार ४८० रुपैयाँ भुक्तानी दिई गैरकानुनी हानिनोक्सानी पुर्‍याएको दाबी अख्तियारको छ।

प्रकाशित :२०८० आश्विन १८, बिहीबार ०९:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम