यातायातका कर्मचारीमाथि दुर्व्यवहार,कार्यकक्षमै घुसेर हाकिमलाई दलियो मोसो

यातायात कार्यालयका हाकिमलाई कार्यकक्षमै मोसो दलिएको हो ।
Advertisement 1
धनकुटा स्थित यातायात व्यवस्था कार्यालयका प्रमुख बाबुराम लुइँटेललाई धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले कार्यकक्षमै गएर मोसो दलेका हुन्।
दलाल र विचौलिया प्रयोग गरेर कार्यालयबाट सेवा प्रदान गर्ने क्रममा घुस लिने गरेको आरोप लगाइएको छ । लुइँटेलले कार्यालयका कर्मचारी र बाहिरबाट दलाल–विचौलिया प्रयोग गरी सवारी चालक अनुमति पत्र उपलब्ध गराउँदा प्रतिव्यक्तिय १० हजारदेखि १८ हजारसम्म घुस लिने गरेको प्रमाण भेटिएपछि उनलाई मोसो दलिएको पार्टीका जिल्ला संयोजक मोहन घलेद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
									
										प्रकाशित  :२०७९ माघ १२, बिहीबार ११:५५																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                