अनङ्कित प्रथम श्रेणी नायब सुब्बा वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन

लोक सेवा आयोग, केन्द्रीय कार्यालयले शाखाअधिकृत परीक्षा अन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगका कार्यालयहरुबाट, एकीकृत परीक्षा अन्तर्गत राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरह पदको लागि मिति २०७८/४/३० मा सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षाबाट द्वितीय चरणको परीक्षाका लागि उम्मेदवारहरु छनौट भएको सूचना आजको गोरखापत्रमा सूचना प्रकाशित गरिएको छ । साथै उक्त परीक्षामा सम्मिलित केही उम्मेदवारहरुले आफ्नो उत्तरपुस्तिकामा “की” उल्लेख नगरेको हुँदा निजहरुको परीक्षा रद्द गरिएको छ । द्वितीय चरणको परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुले साविककै प्रवेशपत्रबाट, प्रथम चरणको परीक्षा दिएकै आयोगका कार्यालयहरुले तोक्ने परीक्षा केन्द्रमा मात्र सहभागी हुन पाउने व्यहोरा जानकारी गराइन्छ ।