लोकसेवा उमेद्धारको वैयक्तिक विवरणमा नीजि इन्स्टिच्यूडको पहुँच ?
निश्पक्ष परीक्षा सञ्चालन गर्नु र नतिजा सार्वजनिक गर्नु मात्र नभई उमेद्धारहरुको वैयक्तिक विवरण सुरक्षित राख्नु पनि संवैद्यानिक निकाय लोकसेवा आयोगको दायित्वभित्र पर्दछ । तर,यही पाटोमा लोकसेवा आयोग पटक पटक चुक्दै आएको छ । यही लोकसेवा आयोगको गम्भीर लापरवाहीका कारण परीक्षाका हजारौं उमेद्धारहरुको व्यक्तिगत विवरण एउटा इन्स्टिच्यूडकै पकडमा पुगेपछि व्यक्तिगत विवरण चोरी भएको गम्भीर आंशका गर्न थालिएको छ ।
Advertisement 1
हुन त डाटा सुरक्षाका सबालमा लोकसेवा आयोग पटक पटक चिप्लदै आएको छ । यो उदाहरण खोज्न धेरै पर जानै पर्दैन,गत बर्ष साढे चार लाख आवेदकको तथ्यांक नै गायब भएको थियो । उमेद्धारहरुले दिएको दरखास्तका आधारमा परीक्षा सञ्चालन गर्नुपर्ने समयमा लाखौंको तथ्यांक नै गायब हुनु र केही गरेर पनि रिकभर नभएपछि परीक्षा लिने समयमा फेरि ती उमेद्धारहरुसँग आवेदन मागिएको घटना पनि पूरानो भइसकेको छैन । अहिले फेरि आयोगबाट हजारौं उमेद्धारको वैयक्तिक विवरण लोकसेवा कक्षा चलाउने इन्स्टिच्यूडको हातमा पुगेको रहष्य सार्वजनिक भएको छ ।
आयोगमा गत बर्ष कात्तिक, मङ्सिर र पुसको डाटा गायब भएको थियो । ओराकलको सर्भरमा रहेको लोकसेवा आयोगलगायतका ६० भन्दा बढी सरकारी निकायका डाटा गायब हुँदा परीक्षार्थीहरुले पुन दरखास्त दिनु परेको थियो ।त्यही आयोगले हालै लिएको नायब सुब्बा तहको परीक्षाका उमेद्धारहरुको वैयक्तिक विवरण नीजि इन्स्टिच्यूडको पकडमा पुगेको भन्दै उमेद्धारहरुले चिन्ता पोखेका छन् ।
Advertisement 2
इकर्मचारी डटकमका सम्पर्कमा आएका केही उमेद्धारहरुले आफ्नो वैयक्तिक विवरण कसरी नीजि इन्स्टिच्यूडको पकडमा पुगेको प्रति चिन्ता पोखेका हुन । आयोगले हालैमात्र विज्ञापन नम्बर ११९०१/२०७९-८० तथा ११९०२/२०७९-८० को परीक्षा लिएको थियो । उक्त परीक्षामा २८ हजार ५० उमेद्धारले परीक्षा दिएका छन् । ती सबैको मोवाइलमा एउटै प्रकारको म्यासेज आएको परीक्षार्थीहरुले जनाएका छन् ।
उमेद्धारहरुले फाराम भर्दा अनलाइनबाटै आफ्नो व्यक्तिगत विवरण भरेका हुन्छन् । त्यहाँ नाम,ठेगनाका अलवा नागरिकता,आफ्ना सर्टिफिकेट भरेर पठाएका हुन्छन् ।लोकसेवा अयोगले कुनै पनि विज्ञापन खोले पछि त्यसमा दरखास्त दिने उमेद्धारले लोकसेवा आयोगको फाराम भर्नका लागि आफ्नो छुट्टै एकाउन्ट क्रियट गर्दछ । त्यहीँबाट उस्ले नागरिकता, शैक्षिक प्रमाणपत्रलगायतका विवरणहरु राखेपछि मात्रै फारमहरु भरेमा त्यसको स्वीकृत हुने गर्छ।
Advertisement 3
लोकसेवा आयोगको डाटा त्यहीका अधिकारीहरुले समेत अर्काे शाखामा गएर हेर्न सक्ने अवस्था हुँदैन । लोकसेवा आयोगबाटै अहिले अन्यन्त्र सरुवा भएर गएका एक उपसचिवले भने,उनीहरुको समेत पकड बाहिर रहेको डाटा कसरी नीजि इन्स्टिच्यूडको पकडमा पुग्यो ? चासो र चिन्ताको बिषय हो ।यसरी आयोगको मात्र एक्सेसमा हुने डाटामा कसरी नीजि इन्स्टिच्यूड छिर्यो ? यो प्रश्न लोकसेवा आयोगतिरै सोझिएको छ ।
आयोगले हालै लिएको परीक्षाका सयौं उमेद्धारहरुलाई एउटै फरम्याटमा नीजि इन्स्टिच्यूडबाट म्यासेज आएपछि डाटा लिक भएको आंशका ती उमेद्धारहरुले गरेका हुन ।यसरी म्यासेज पठाउने लोकसेवा आयोग थिएन,लोकसेवाको तयारी कक्षा सञ्चालन गर्ने एम्बिसन गुरु थियो । उस्ले परीक्षार्थीलाई म्यासेज पठाएको थियो । लेखिएको थियो,नासु प्रथमपत्र परीक्षाको सफलताको लागि यहाँलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं ।लोकसेवाका उमेद्धारका नाम नम्बर सहितका विवरण कसरी नीजि इन्स्टिच्यूडकहाँ पुग्यो र उस्ले परीक्षा शुरु हुनु केही अघि शुभकामना सन्देश पठायो ? यो चासोको बिषय हो ।
यसरी लोकसेवासँग मात्र पहुँच रहने वैयक्तिक विवरण कसरी लोकसेवा तयारी कक्षा चलाउने एम्बिसन गुरु,ओटिसजस्ता इन्स्टिच्यूडहरुको हातमा पर्यो ? विभिन्न परीक्षाका उमेद्धारहरुले नै आयोगमा यस सन्बन्धमा गुनासोहरु बढेपछि हालैमात्र आयोगले खोजबिन शुरु गरेको छ । ओटिस लगायतका केही इन्स्टिच्यूडहरुसँग सोधपुछ समेत गरिसकिएको आयोग स्रोतले जबाफ दिएको छ ।