सर्वाेत्तमको शेयरपछि ४२ करोडको जग्गा काण्डमा मुछिए धितोपत्रका हाकिम

सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएर विवादमा तानिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको अर्काे फण्डा सार्वजनिक भएको छ । ढुंगनामाथि सर्वाेत्तम शेयरको नियम विपरित ढंगले सर्वाेत्तम सिमेन्टको ११ हजार ९९२ कित्ता शेयर छोरीको नाममा राखेको भेटिएसँगै अहिले अर्थ मन्त्रालयले स्पष्टीकरण सोधिरहेको अबस्था छ । यही प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेञ्जका हाकिम चन्द्रसिंह साउथले पदबाटै राजीनामा दिइसके पनि ढुंगनामाथि नैतिक प्रश्न उठ्दा समेत उनी कुर्सी कब्जा जमाएर बसिरहेका छन् । उता उनै ढुंगनामाथि फेरि अर्काे गम्भीर प्रश्न उठेको छ । शेयर कारोवारमा मुछिएर बदनामी कमाएका उनी अहिले जग्गा काण्डमा मुछिएका छन् । प्रंसग हो जडिबुटीमा रहेको जग्गाको । बोर्डको संचालक समितिले ७ रोपनी जग्गा खरिद गर्ने निर्णय ५ महिना अघि गत चैत्रमै गरेको ।

Advertisement 1

जग्गा खरिदका लागि साढे ४२ करोड रकम बुझाइसकेको । यद्यपि सो जग्गा अहिलेसम्म धितोपत्र बोर्ड मातहत आएको छैन् । सो जग्गा काठमाडौं उपत्यका विकास प्राधिकरणको समेत स्वामित्व भएको र अहिले त्यही स्वामित्वलाई देखाएर जग्गा पास नगराउने र ४२ करोड ५६ लाखको ब्याज मिलिजुली खाने गरि सेटिङ मिलाएको आरोप उनीमाथि छ । बैंकका कर्मचारीका अनुसार । ७ प्रतिशतले ब्याज गणना गर्दा पनि बोर्डलाई दैनिक रुपमा ८१ हजार बढी ब्याज आम्दानी गुम्छ ।
यसरी एकातिर शेयर स्वामित्व अर्काेतिर जग्गाको लफडामा मुछिएका भिष्मराज ढुंगनालाई अर्थ मन्त्रालयले एक पछि अर्काे स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढेसँगै उनी अहिले अर्काे चलखेलमा लागेका छन् । स्रोतका अनुसार कारवाहीबाट बच्नका लागि उनले आफू निकटका कर्मचारीहरुलाई खुमलटारदेखि वालुवाटारसम्म खटाएका छन् । स्रोतका अनुसार आफ पदमा टिकिराख्नका लागि केही दिन अघिमात्र आफ्ना विश्वासपात्र नवराज अधिकारीलाई चितवनस्थित भरतपुर महानगरपालिकाको मेयरलाई भेट्न खटाएको समेत भेटिएको हो । अधिकारी वोर्डका उपकार्यकारी निर्देशकका रुपमा कार्यरत छन् । उनले चितवन पुगेर माओवादी अध्यक्ष तथा प्रचण्डपुत्री रेणु दाहालसँग छलफल गरेर फर्किएको वोर्डमा चर्चा र परिचर्चा सुन्न पाइन्छ । उनलाई यो विवाद सल्टाइदिए कार्यकारी निर्देशक बनाइदिने आश्वासन दिइएको स्रोतका दावा छ । अधिकारी गत चैत्र ४ गते चितवन झरेर ८ गते काठमाडौं फर्किएका थिए ।
यसैबीच ढुंगनाले वोर्डका आफूनिकटस्थ कर्मचारीहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेका छन् । त्यहाँका कार्यकारी निर्देशक निरज गिरी र कायम मुकायम कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ र विनयदेव आचार्यको विभाग हेरफेर गरिएको हो । नियमन तथा ब्यबस्थापन विभागमा रहेका कार्यकारी निर्देशक निरज गिरीलाई वस्तु बजार अनुसन्धान विभागमा पठाईएको छ । वस्तु बजार अनुसन्धान विभागमा रहेका विनयदेव आचार्यलाई सुपरिवेक्षण विभागको जिम्मेवारी दिईएको छ भने सुपरिवेक्षण विभागमा रहेका मुक्तिनाथ श्रेष्ठले नियमन तथा ब्यबस्थापन विभागको जिम्मेवारी पाएका छन । श्रेष्ठले महत्वपूर्ण विभाग पाएका छन् । वोर्डको सुपरिवेक्षण विभाग महत्वपूर्ण र शक्तिशाली विभाग हुन् । कम्पनीहरुको आईपिओ, हकप्रद, एफपिओ निष्काशनको अनुमति, ब्रोकर लाईसेन्स, ब्रोकर नियमन, सुचिकृत कम्पनी नियमन, उनीहरुको सुपरिवेक्षण लगायतका कार्य गर्दछ । महत्वपूर्ण र शक्तिशालि विभागमा उनले आफ्ना दाहिने हातहरुले भरेको चर्चा छ ।

प्रकाशित :२०७८ भाद्र १६, बुधबार ०६:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry