मन्त्री मोदीद्वारा पिएलाई बनाए प्रतिष्ठानको कार्यकारी निर्देशक

थारू युवा सभाका अध्यक्ष एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको प्रमुख स्वकीय सचिव कानुनलाल चौधरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त भएका छन्। जावलाखेल स्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा चौधरी नियुक्त भएका हुन् ।

Advertisement 1

सामान्यतया प्रतिष्ठानमा सम्बन्धित क्षेत्रका विज्ञ प्राध्यपकहरूलाई नियुक्ति दिने गरिँदै आएको थियो । तर, मन्त्रीले अहिले नियुक्ति दिएका स्वकीय सचिव चौधरी औषधि व्यवसायी हुन् । प्रतिष्ठानमा आकर्षक बजेट खेलाउन पाइने हुँदा मन्त्रीले स्वकीय सचिवलाई नियुक्ति दिलाएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ । यो वर्ष प्रतिष्ठानमा १० करोड रुपियाँको बजेट रहेको बताइएको छ ।

स्थानीय विकास कार्यसँग सम्बन्धित स्थानीय तहका व्यक्तिका लागि आवश्यक पर्ने प्रशिक्षणको व्यवस्था गर्ने उद्देश्य बोकेको प्रतिष्ठानमा विषयविज्ञ र अनुभवीलाई प्राथमिकता नदिई राजनीतिक पहुँचका आधारमा चौधरीले नियुक्ति पाएका हुन् । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन, २०४९ को दफा १२ मा नेपाल सरकारले प्रशिक्षणसम्बन्धी काममा विशेष अनुभव प्राप्त व्यक्तिलाई कार्यकारी निर्देशकको पदमा नियुक्त गर्न वा तोक्न व्यवस्था छ । यसमा चौधरीको अनुभव छैन । तर, उनले विशिष्ट श्रेणीबराबरको तलब सुविधा हुने गरी प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त पाएका छन् ।

Advertisement 2

प्रतिष्ठानले स्थानीय विकास सम्बन्धमा अध्ययन, अनुसन्धान र नेटवर्किङको कार्य गर्दै आइरहेको जनाइएको भए पनि हाल आएका कार्यकारी निर्देशकसँग त्यससम्बन्धी कुनै अनुभव नभएकाले प्रतिष्ठानको उद्देश्य परिपूर्ति हुन कठिन हुने प्रतिष्ठानसम्बद्ध कर्मचारीहरूले बताएका छन् ।

प्रकाशित :२०८० जेष्ठ ८, सोमबार १३:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम