हेटौँडा सिमेन्टले ३८ हजार कामदार माग्यो
हेटोडौं सिमेन्ट उद्योगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । उद्योगले एक सूचना जारी गर्दै ३८ हजार कर्मचारी कामदारको माग गरेको हो । उद्योगद्धारा जारी सूचनामा ३८ हजार ६ सय ९५ जना कामदारको माग भएको छ। २ हजार ९ सय २० जना दक्ष र ३५ हजार ५ सय ७५ जना अदक्ष कामदार आवश्यक भएको हेटौँडा सिमेन्टद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । कम्पनीका अनुसार एक वर्षभित्र ३८ हजार कार्यदिनका लागि काम गर्ने कामदारको आपूर्ति गर्न लागेको हो । जसका लागि ५०÷६० जना कामदार पर्याप्त रहेको सिमेन्टका महाप्रबन्धक प्रेमशंकर सिंहले बताए ।
प्रकाशित :२०७७ कार्तिक १४, शुक्रबार १४:००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%