दोर्दीलाई नमुना पालिका बनाउने प्रमुख प्रशासकीय शम्शेर गुरुङको सपना

अञ्जनकुमार हिमाली
Advertisement 1
परिवारका प्राय सदस्य लाहुरे । बुबा सन्तबहादुर भारतीय सेनाका जागिरे । यसो त गुरुङ समुदायमा पढे लेखेकाहरुका लागि पनि निजामती सेवा त्यत्ति रुचिकर बन्थेन । सके ब्रिटिश, नभए भारतीय, नभए नेपाली सेना त्यो पनि नभए विदेशको यात्रा । अझ लमजुङ्गका गुरुङहरु अधिकाश ब्रिटिश र भारतीय सेनाका जागिरे । लाहुरे भनेसि छोरी दिनेहरुको पनि त्यस्तै लर्को । तर समय अहिले अलि बदलिएको छ । निजामती सेवाको आकर्षण अतिशय हुँदा हुँदै सजिलो कहाँ छ र !
विलियम क्लेमेन्ट स्टोन भन्छन् लक्ष्य प्रतिको दृढ निश्चयता नै सबै उपलब्धिको पहिलो बिन्दु हो । लमजुङ बेसीशहर ४ साविक पुरानकोट गाविस वडा नं २ का शमसेर गुरुङ त्यही लक्ष्यमा पुग्ने उपयुक्त बाटो खोज्दै थिए ।
भनिन्छ नी शिक्षाको जरा तीतो हुन्छं तर त्यसको फल मिठो हुन्छ अनुहारमा केही खोट लिएर २०५० साल असोजमा आमा आसमरी गुरुङको कोखबाट साइलो सन्तानको रूपमा जन्मिएका गुरुङ प्रति आमा बाउको निकै चिन्ता भयो । परिवारका सबै सबल तर परमात्माले उनलाई केही चिनो सहित विकलाङ्गको खोट लगाएर पठाए । समाज यहीँ हो । घृणा, अपहेलना हुर्कने क्रममा भोगे होलान् । तर समय क्रममा यही समाज उनप्रति नतमस्तक बन्ने दिन टाढा रहेन ।
गाउँकै चैतन्यदय प्राविमा पाँच कक्षासम्म पढेपछि, संस्कृति सदन मावि अर्चलयनी दुराडाँडामा ६ र ७ को अध्ययन सकाएर उनले पाटन उच्च मावि ललितपुरबाट एसएलसी गरे । उनले झमककुमारी घिमिरेको जीवनी पढेका थिए । स्टीफन हकिङ त उनको आइडल नै थिए । पूर्ण रूपमा विकलांग स्टीफन त महान् वैज्ञानिक बने भने उनले आफ्नो सामान्य विकलाङ्गलाई खासै ठूलो ठानेनन् । आफू माथि विश्वास भयो भने जेपनि गर्न सकिन्छ भन्ने मान्यता बोकेर पढाईलाई निरन्तरता दिएका गुरुङले कसैको सहानुभूति, सहयोग र दयाको आवश्यकता ठानेनन् ।
Advertisement 2
रिलायन्स कलेजबाट विए सकाएपछि साथी भाइले उनलाई लोकसेवाको तयारीका लागि उक्साए । सरकारी सेवामा प्रवेशद्वार लोकसेवा हल्लै हल्लामा दिएका गुरुङको नासुमा नाम निस्कियो २०७३ मा । तेईस वर्षिय ठिटो । समापोखरी गाउँपालिका संखुवासभा कार्यकारी प्रमुख भएर पुगे ।
दुर्गम गाँउ १२ घण्टाभन्दा बढी हिड्नु पर्ने । लमजुङको एउटा गाउँले केटौले केटो, सातडाँडा पारिको त्यो गाउँ । परिवेश बारे अनविज्ञता । तर उनले जे सोचेर थिए त्यो भन्दा निकै पृथक । गाउँले एकदमै सहयोगी मनका । उनको स्थितिलाई ख्याल गरेर पनि गाउँले कहिल्यै बिठ्याई झिकेनन् ।
Advertisement 3
निकै सहज बन्यो एकवर्षे कार्यकाल ।
०७४ स्थानीय निर्वाचन सकाएर हुलाक सेवा विभाग काठमाडौं सरुवा भएका गुरुङले त्यही वर्ष अधिकृतमा नाम निकाले खुला प्रतिस्पर्धा बाटै । निजामतीको रस, अनि बुझ्ने ठाउँमा पाएको सम्मानले उनको आत्मबल झन प्रबल बन्यो । अधिकृतमा बढुवा हुने बित्तिकै उनी प्रमुख प्रशासकीय अधिकृत भएर दोर्दी गाउँपालिका लमजुङमा सरुवा भए । तर केही छट्टुहरुले उनलाई सो पालिका बाट धपाउने योजना बनाएपनि पालिकाका अध्यक्ष ओमबहादुर गुरुङ आफैले शम्सेर गुरुङलाई रोके ।
पालिकाका अध्यक्ष आफै एउटा इमान्दार,विकासबादी नेता । हाकिम त्यस्तै असल । शम्सेर जति सोझा छन् त्यो भन्दा कयौ गुना इमान्दार । कामप्रति वफादार । पालिकालाई कसरी सबल र सक्षम बनाउने भन्ने गुरु योजना मुताविक अहिले पालिकामा चारओटा स्वास्थ्य चौकी निर्माण, वडा कार्यालय सहित पालिकाको भवनको डिपीआर । पालिकाका कार्यालयसंग सबै वडा जोड्ने मोटरबाटो निर्माण । दुई किलोमिटर बाटो कालोपत्रे । एकघर एकधारा, पर्यटन प्रवर्द्धन का लागि श्रीमन्ज्याङ, हिले टक्सार, ताँजे लगायत बीस एक्काईस घरधुरीमा होम स्टे सञ्चालन, हिले टक्सार भ्यू टावर निर्माण सम्पन्न भैसकेको छ भने श्री मञ्ज्याङमा निर्माणधिन । कृषकलाई प्रोत्साहन गर्न कृषिमा आधुनिकिकरण । कृषिमा लागेर काम गर्न खोज्नेहरूलाई आधुनिक कृषि सामग्री वितरण, उनकै पहलमा कृषिमा विस्तृत अध्ययन गरी सो कार्यान्यन गर्न राष्ट्रिय योजना आयोगबाट ३ करोड लगानी । जस्ता दाता खोज्न गुरुङ प्रयासरत देखिन्छन् ।
लमजुङमा रहेका आठ पालिका मध्ये नमूना बनाएर देखाउने योजनामा छन् गुरुङ हाकिम । पाँच छ महिना टिक्न पनि गारो छ कुनै पालिकामा हाकिमहरु । तर यी पालिकामा हाकिम र प्रमुखको कुनै खटपट छैन । असल निस्वार्थ भावनाले काम गर्ने मानिस भएसी कहाँबाट हुन्छ र खटपट । स्वार्थ बाँझिएनै काम गर्न असजिलो हुने हो ।
उप प्रमुख दिल बहादुर गुरूङ हुन वा लेखा अधिकृत अविनाश ढकाल, वा टुकमान गुरुङ हाकिमको कार्यशैली, क्षमता, सफा भावनाका कारण काम गर्न कुनै कठिनाई नभएको बताउँछन् ।
नेकपा एमाले दोर्दीका अध्यक्ष युवराज घिमिरे शम्सेर गुरुङको खुलेरै प्रशंसा गर्छन् । साढे तीनवर्ष अघि आरती गुरुङसंग वैवाहिक बन्धनमा बाँधिएका इमान्दार र सरल जीवन शैलीका गुरुङले आफ्नो शारीरिक कमजोरीलाई कहिल्यै कमजोरी ठानेनन् र त आज यो ठाउँमा छन् । तर लाहुरेको रसपस पसेको गाउँमा अधिकृत हुँ भन्दा ताओ ताओ भन्न नछाडेको प्रमुख प्रशासकीय अधिकृत शम्सेर सुनाउँछन् ।