“कर्मचारीले देश लुटे,वर्तमान कर्मचारी संयन्त्र र प्रणाली नफेरेसम्म मुलुक बन्दैन्”

गुरु भट्टराई केही महिना अघि मात्र नेपाल रेल्वे कम्पनीको महाप्रवन्धक नियुक्त भएका । उनी नेकपा (ओली समूहका ) खम्बा । प्रधानमन्त्री ओलीका हरेक कदमको प्रतिरक्षा गर्दै आएका उनै गुरुले मुलुकमा भ्रष्टाचार व्याप्त हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको दोष नभएको भन्दै कर्मचारीतन्त्रलाई गम्भीर आरोप लगाएका छन्। उनले वर्तमान कर्मचारी संयन्त्र र प्रणाली नफेरेसम्म मुलुक नबन्ने टिप्पणी गरेका छन् । उनको टिप्पणी छ अहिलेको कर्मचारीतन्त्र पूरै प्याथेटिक र प्यारालाइसिस भएको छ । क्रिम म्यानपावर सेवामा छन तर तिनको विवेक कहिल्यै अपडेट हुन सकेन ।

Advertisement 1

लोकसेवा पास गरेर आएका कारण पिएनलाई समेत प्रधानमन्त्रीले हटाउन नसक्ने सिष्टम ठीक नभएको उनको टिप्पणी छ । उनले कर्मचारीले मुलुक लुटेको आरोप समेत लगाएका छन्।

उनले लेखेका छन्,धेरै मान्छेलाइ थाहा छैन तर म पनि एउटा मन्त्रालयको डिपार्टमेन्टल प्रमुख भएको हिसाबले भन्दैछु हरेक एक दुई महिनामा प्रमले बालुवाटार बोलाएर मन्त्री सहित आ आफ्नो कार्य क्षेत्रको बिषय सोध्नु हुन्छ । चासो ब्यक्त गर्नु हुन्छ । वर्तमान कर्मचारी संयन्त्र र प्रणाली ओभरल परिवर्तन गरिएन भने मुलुक बन्छ भनेर कल्पना नगरे हुन्छ ।यो पुरै प्याथेटिक र प्यारालाइसिस भएको छ । क्रिम म्यानपावर सेवामा छन तर तिनको विवेक कहिल्यै अपडेट हुन सकेन । मन्त्रालयको उच्च अधिकारी पद हेर्दा ठुलो देखिन्छ तर बुद्दि र विवेक हेर्दा साच्चै लाज लाग्दो छ तर ति गाली खाँदैनन किनकी ती लोकसेवा पास गरेर आएका छन । एउटा काम नगर्ने स्थायी भएको पिएनलाइ मुलुकको प्रमले जागीरबाट निकाल्न सक्दैन । यस्तो अराजक र निरंकुश सस्थासंग काम लिन सकिन्छ ? अनि सम्पुर्ण दोष नेतालाइ । देश लुट्ने लाखौ कर्मचारी, २,४ सय फटाहा नेता जो कम्तिमा ५ बर्षमा जनताको अभिमत प्राप्त गर्नु पर्छ उही गाली खान्छ । हामी तथ्यको नजीक छौ ? यो मुलुक कर्मचारीले लुटेका हुन र भ्रष्टीकरण भएको हाम्रो सिंगो समाज यसको मुख्य जिम्मेबार छ । एउटा उच्च कर्मचारी यो प्रणालीले काम गर्दैन भन्छ तर आफु काम गर्ने पारा परिवर्तन गर्न चाहदैन । मुलुक चाही के अदृष्य शक्तिले बनाउँछ ?

प्रकाशित :२०७७ माघ २६, सोमबार १४:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry