फाइलको बिषयमा मन्त्रालयमा झण्डै फाइट

आठ बर्षदेखि गुणस्तर तथा नापतौल विभागमा अड्डा जमाएर बसेका डिजी विश्वबाबु पुडासैनीको अंहलाई मन्त्रालयले नियन्त्रण गर्न खोज्दा झण्डै हात हालाहालको स्थिती आएको छ ।
मन्त्रालयले गुणस्तर विभागलाई कस्न खोज्ने,शक्तिको अभ्यास गर्दै आएका पुडासैनीले आफ्नो पूरानै रबाफ देखाउँदा तँ तँ म मको स्थितीमा मात्र होइन्,त्यहाको वातावरण नै तनावमय भयो । वातावरण कतिसम्म विग्रिएको छ विश्ववावुले मन्त्रालयका पूर्वाधार हेर्ने अर्काे सह सचिव बलराम रिजाल त्यहाँबाट सरुवा नहुन्जेलसम्म मन्त्रालय नटेक्ने कसम खाएका छन् ।
युनएनडिपीको ओजेन तहसँग सम्बन्धित कार्यक्रमको फाइल मन्त्रालयमा अड्किएपछि केही दिन अघि विश्वबाबु तनावमा थिए । उनी सिंहदरबार छिरेर सिधैं बलरामको कार्यालयमा गएर गुनासो पोखे । बलराम बिषयबस्तुमा स्पष्ट हुन खोजे । विश्ववाबुले जबाफ फर्काए किन बुझ्नुपर्यो ? क्याविनेटमा पठाउनका लागि सचिवको पठाइयोस भन्ने चाह व्यक्त गरे ।
त्यो फाइलको मेकानिकल इ रिवाज भण्डारीले अध्ययन गरिरहेका थिए । विश्ववावु उनको कार्यकक्षमा छिरेर फाइलको बिषयमा जिज्ञासा राखे । रिवाजले अध्ययन भइरहेको जबाफ फर्काए पछि उनले उनको कार्यकक्षको टेबलमा मुट्कीले बजारे । बिषय यसरी मोडियो कि सौहार्दपूर्ण स्थितीबाट दुवै तँ तँ र म मको स्थितीमा पुगे । रिवाज पनि कुर्सीबाट उठेर आक्रोश पोखे । हल्ला बढ्न थालेपछि सँगैको उपसचिव शान्ता मरासिनी त्यहाँ पुगिन्,उनले विश्ववावुको कोटमा तानेर आफ्नो कार्यकक्षमा लगिन र विश्ववावुको रिसलाई मत्थर पार्ने प्रयास गरिन ।
यो घटना पछि विश्ववावु मन्त्रालय छिरेका छैनन् । बलराम उद्योग मन्त्रालय छाडेर अर्थतिर जाने तयारी गर्दैछन् । विश्ववाब चाहिँ सचिवको लाइनमा छन् । विभागमा बसेर काम गर्न अप्ठ्यारो भएको कारण नयाँ मन्त्री आएसँगै आफूले विभाग छोड्न चाहेको कुरा सुनाए ।

प्रकाशित :२०७८ श्रावण २१, बिहीबार १०:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry