गण्डकी सरकारको ५ बर्ष :- १० कर्मचारी पुरस्कृत,मनमाया सर्वाेत्कृष्ट
गण्डकी प्रदेश सरकारले स्थापना दिवस अवसरमा पारेर १० कर्मचारीलाई सम्मान गर्ने भएको छ। उनीहरुलाई विशिष्ट, सर्वोत्कृष्ट, उत्कृष्ट निजामती सेवा पुरस्कार र विशेष प्रोत्साहन पुरस्कार दिइनेछ।
Advertisement 1
हिजो आयोजित प्रदेश स्थापना दिवसको मूल समारोहमा सो पुरस्कारका लागि छनोट भएका १० कर्मचारीको नाम सार्वजनिक गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव मनमाया पंगेनीलाई सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कारको राशी रु एक लाखको रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
Advertisement 2
यस्तै ७५ हजार राशीको उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार ३ जना कर्मचारीले पाउने भएका छन् ।
सो पुरस्कारका लागि डिभिजन वन कार्यालय लमजुङका अधिकृत पूर्णेश्वर सुवेदी, यातायात व्यवस्था कार्यालय कास्कीका अधिकृत डिल्लीराम रिज्याल र स्वास्थ्य कार्यालय मनाङका वरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्य छानिएका छन् ।
यस्तै, ५० हजारको प्रदेश निजामती सेवा पुरस्कारका लागि ६ जना छनौंट भएका छन् । जसमा प्रदेश सङ्ग्रहालय पोखराका अधिकृत करुणा राई, पूर्वाधार विकास कार्यालय मुस्ताङका इन्जिनियर विवेक सिग्देल, कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयका अधिकृत अनिल सुवेदी, आर्थिक मामिला मन्त्रालयका अधिकृत रामेश्वर ढुङ्गाना, प्रदेश लोकसेवा आयोगका सहायक पाँचौँ तहमा कार्यरत विष्णु पोखरेल पौडेल र गण्डकी प्रदेशसभा सचिवालयका सूर्यबहादुर बानियाँ रहनुभएको छ ।
प्रदेश सरकारअन्तर्गतका मन्त्रालय, विभाग र आयोगबाट सिफारिस भई आएका ४४ जनामध्येबाट बुधबार बसेको मन्त्रिपरिषद् बैठकले १० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
Advertisement 3
पुरस्कार गणतन्त्र दिवसका अवसरमा आयोजना हुने समारोहमा प्रदान गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।