रसुवा भन्सारका अधिकृतविरुद्ध २ करोड १० लाखको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अधिकृतविरुद्ध गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
०४३ सालमा सेवामा प्रवेश गरेका दान बहादुर केसीले २०७८ सालसम्म रहँदा केसीको आम्दानी ५ करोड ६१ लाख २६ हजार ५०२ देखिएकोमा वैद्य आम्दानी ३ करोड ५१ लाख १६ हजार २० रुपैयाँ आर्ज गरेको देखिएको अख्तियारले जनाएको छ ।
आयोगका अनुसार,केसीले आर्जन गरेकोमध्ये २ करोड १० लाख १० हजार ८८३ रुपैयाँ अवैद्य देखिएको र यसरी आर्जित रकम श्रीमती सुशीला पण्डितको नाममा जग्गाहरू खरिद, घर निर्माण तथा बैंक खाताहरूमा रकम मौज्दातलगायत गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको मुद्दा दायर गरेको जनाएको छ।
उनको स्रोत नखुलेको आम्दानी २ करोड १० लाख १० हजार ४८२ रुपैयाँ ५१ पैसा भेटिएको अन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Advertisement 1

 

 

प्रकाशित :२०७९ फाल्गुन ४, बिहीबार १८:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry