मेयरको प्रश्न सामान्यलाई :-‘अरुलाई सुशासनको पाठ पढाउने मन्त्रालय आफू चाहिँ सिष्टममा हिड्नु पर्दैन् ?’
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले आफ्ना प्रशासकीय अधिकृतलाई हठात हटाइएको प्रति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग आक्रोश पोखेका छन् ।
Advertisement 1
सामान्यले आफैंले जारी गरेको परिपत्रको मसी नसुक्दै आफ्नो कर्मचारीलाई विना कारण सरुवा गरेको भन्दै उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रै लेखेर मन्त्रालयले खटाएको कर्मचारीलाई हाजिर गराउन नसक्ने जानकारी दिएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासनले अवधि नपुगी कुनै पनि कर्मचारीको सरुवा नगर्न परिपत्र गरेको भए पनि १४ महिनामै गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालालाई फिर्ता बोलाएर त्यहाँ श्रीधर के.सी.लाई खटाएको थियो ।
यसरी आफ्ना कर्मचारीलाई अपर्झट मन्त्रालयले फिर्ता बोलाएर नयाँ कर्मचारी खटाएको भन्दै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संघीय मामिला तथा सामान्य प्रशासनलाई पत्रै लेखेर नयाँ प्रशासकीय अधिकृतलाई हाजिर गराउन नसकिने जनाएका हुन । मेयर महर्जनका अनुसार,उनले हिजैमात्र सामान्य प्रशासनलाई पत्र लेखेर नयाँ हाकिमलाई हाजिर गराउन नसकिने पत्र पठाएका हुन् ।
मेयर महर्जनले इकर्मचारी डटकमसँग भने, ‘कि त कर्मचारीलाई सरुवा गर्नका लागि उसले केही बदमासी गरेको हुनुपर्यो । वा त न्यूनतम समय अवधि (दुई बर्ष)पूरा भएको हुनुपर्यो वा कार्यालयलाई केही नोक्सान गरेको वा काण्डमा फसेको हुनुपर्यो । राम्रो काम गरिरहेको कर्मचारीलाई हठात किन हटाउने ? मैले व्यक्तिको कुरा गरेको होइन,सिष्टमको कुरामात्र गरेको हुँ । त्यसमाथि अहिले नयाँ बजेट निर्माणका लागि तयारी भइरहेको छ । अरुलाई सिष्टम सिकाउने मन्त्रालयले आफू चाहिँ सिष्टममा हिड्नु पर्दैन् ? कोही पालिकाकालाई काखा र कसैलाई पाखा गरिएको प्रति’ समेत मेयर महर्जनले असन्तृष्टि पोखेका छन् ।
Advertisement 2
उनले भने,’सूर्य विनायक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत साढे २ बर्षदेखि एकै व्यक्ति हुनुहुन्छ । गोदावरी नगरपालिकामा चाहिँ एक बर्षमै किन कार्यकारी फेरिनुपर्ने ?’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफैले बनाएको निर्णय आफैंले तोडेको भेटिएको छ । यस अघि गृह प्रशासन सुधार गर्न भन्दै गृह मन्त्रालयले आफैंले बनाएको कार्यविधि उल्लंघन गरेकै शैलीमा सामान्य प्रशासन मन्त्रालयले पनि आफ्नै परिपत्रको उल्लंघन गर्ने गरी कर्मचारी खटन पटन गर्न थालेको छ ।
Advertisement 3
संघीय मामिला तथा सामान्य प्रशासनले गत माघ २६ मा सात बुँदे परिपत्र गर्दै स्वीकृत दरबन्दीभन्दा तल्ला तहका कर्मचारी नखटाउन भन्दै पाँच बुँदे परिपत्र नै जारी गरेको थियो ।
सो परिपत्रको मसी नसुक्दै सामान्य प्रशासनले मनलाग्दी कर्मचारीको सरुवा गर्न थालेको हो ।