सरुवा बढुवादेखि पदस्थापनासम्म यस्ता छन् क्याविनेटका पछिल्ला १४ निर्णय
हिजो बसेको क्याविनेटले विभिन्न १४ वटा निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुस्करलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव पदमा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको छ ।
Advertisement 1
यस्तै,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (कानून)का धनराज ज्ञवालीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव पदमा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको छ ।
न्याय सेवा आयोगको सिफारिसबमोजिम महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजाललाई राजपत्राङ्कित विशिष्ट श्रेणीको नायव महान्यायाधिवक्ता पदमा बढुवा गरी महान्यायाधिवक्ताको कार्यालयमा पदस्थापन गर्नेदेखि बढुवा समितिको सिफारिसबमोजिम विभिन्न मन्त्रालय अन्तर्गतका विभिन्न सेवारसमूहरउपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणीका २३ जना अधिकृतहरूलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढुवा गरी पदस्थापन गर्ने लगायतका निर्णयहरु हिजो बसेको क्याविनेटले गरेको हो ।
mn1675768134