बजेट कार्यान्वयनको अर्धवार्षिक समीक्षा गर्दै सरकार

अर्थ मन्त्रालयले सोमबार बजेटको अर्धवार्षिक समीक्षा सार्र्वजनिक गर्ने भएको छ । अर्थमन्त्रालयले सोमबार दिउँसो ३ः३० बजे समीक्षा रिपोर्ट (प्रतिवेदन) सार्वजनिक गर्ने गरी पत्रकार सम्मलेन राखेको छ ।

Advertisement 1

सामान्यतया सरकारले ल्याउने वार्षिक खर्च र स्रोतको अनुमान अर्धवार्षिक समीक्षामार्फत संशोधन हुने गरेको छ । यसपालि पनि सरकारले चालू आर्थिक वर्षको आय–व्ययको अनुमान घटाउने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ । मूल्यांकन प्रतिवेदनमा राजस्व, खर्च, वैदेशिक अनुदान तथा ऋणको अनुमान, प्राप्ति तथा परिचालनको यथार्थ विवरण, सरकारको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति र सरकारको नीति तथा बजेटमा समावेश भएका कार्यक्रमको कार्यान्वयनको अवस्था उल्लेख गर्ने व्यवस्था छ ।

चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड अनुमानित बजेट ल्याएको सरकारले १४ खर्ब ७२ अर्ब ४८ करोड रुपैयाँ बराबरको राजस्व संकलनको लक्ष्य राखेको छ । यो लक्ष्य पुरा हुन नसक्ने देखेपछि सरकारले राजस्वको र खर्चको दुबै लक्ष्य र सीमा पुनरावलोक गर्ने तयारी गरेको हो ।

प्रकाशित :२०८० माघ २९, सोमबार १३:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry