अवकाशको मुखमा काज

मन्त्रिपरिषद्को गत पुस १० र १५ मा बसेका मन्त्रिपरिषद्का बैठकले गरेका १७ निर्णय सार्वजनिक भएको छ । जसमध्ये १५ गते बसेको मन्त्रिपरिषद् बैठकको चौथो निर्णयमा भनिएको छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाअतिरिक्तमा रहेका सचिव आनन्दराज ढकाललाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक पदमा काजमा पठाइएको छ ।
उनी महिना दिन अघि मात्र लोकसेवा आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा तानिएका कर्मचारी हुन् ।

Advertisement 1


र निजामती किताब खानाको अनुसार आगामी २१ पुसमा अनिवार्य अवकाशमा जाँदैछन् । निजामती किताबखानाको १११७ नम्बरमा उनी यही बर्ष अवकाश पाउने सूचीमा छन् । र उनले अवकाश पाउन अब एक साता मात्र बाँकी छ ।

जागिर अवधि साता दिन मात्र बाँकी भएको कर्मचारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्तबाट उनलाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक पदमा खटाइएको छ ।

प्रकाशित :२०७७ पुष १८, शनिबार ०८:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry