स्थानीय तहको कर्मचारीको सरुवा हुन लागेको हो ? यस्तो छ सामान्य प्रशासनको जबाफ

Advertisement 1
आज बस्ने मन्त्रिपरिषद्को बैठकले सम्भवत निर्वाचनको मिति घोषणा गर्ने छ । क्याविनेटले सम्भवत मंसिर ४ गते संघीय र प्रदेशको निर्वाचनको मिति घोषणा गर्नेछ । सरकारले निर्वाचनको मिति घोषणा गरिसकेपछि आचारसंहिता लागू हुनेछ । आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति, अनुदान, सर्वेक्षण लगायत गतिविधि गर्न रोक लाग्नेछ ।
उसो भने स्थानीय तहका कर्मचारी सरुवाको के हुन्छ ? निर्वाचन अगाडि स्थानीय तहका कर्मचारीहरुको अन्तरस्थानीय तह सरुवा हुँदैन त ?
। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन महाशाखाका अनुसार अहिले स्थानीय तहका कर्मचारीको सरुवाको बिषयमा कुनै तयारी छैन । सामान्यको उक्त स्रोतका अनुसार सरुवाको निवेदन संकलनको काम भने भइरहेको छ । सामान्यमा अहिले एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा सरुवा हुन (अन्तर स्थानीय तह) चाहना राखी आवेदन दिने कर्मचारीहरुको संख्या तीन सय भन्दा बढी छ ।
जसरी स्थानीय तहको निर्वाचन अघि निर्वाचन आचारसंहिता लाग्नु अघि सामान्यले स्थानीय तहका कर्मचारीहरुको सरुवा गरेको थियो ठीक उसै गरी सामान्य प्रशासनले संघ र प्रदेश तहको निर्वाचनको मिति घोषणा भएर आचारसंहिता लाग्नु अघि नै प्राप्त निवेदनहरुबाट स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ अनुसार दोहोरो सहमति भएका र मापदण्ड पुगेको कर्मचारीहरुको सरुवा गर्ने सामान्य प्रशासन अन्त्रगतको स्थानीय तह कर्मचारी प्रशासन महाशाखा हेर्ने ती कर्मचारीले इकर्मचारी डटकमलाई जानकारी दिएका छन् ।